जाजरकोटमा बस दुर्घटना चालकले मदिरा सेवन गरी बस चलाएको घाइतेको भनाई, सहचालकले उल्टै हप्काए

Mishap_1जाजरकोट/सदरमुकाम खलङ्गाबाट साल्मा–५ खारातर्फ गइरहेको ना ३ ख २२७९ नं को यात्रु बस आज पासागाड खोलामा दुर्घटनाग्रस्त हुँदा २६ जनाको मृत्यु भएको छ ।

भेरीमालिका नगरपालिका–४ पासागाडमाथि घुमाउरो सडकबाट करिब चार सय मि तल खसेर बस दुर्घटना भएको हो । दुर्घटनामा परी २८ जना घाइते भएको प्रहरीले बताएको छ । सदरमुकामबाट ४३ यात्रु लिएर गुडेको सो बसमा थप यात्रु चढेको घाइतेको भनाइ छ । अहिलेसम्म १५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भेरीमालिका नपा–४ का गणेश बोहोरा र नदिल चन्द, भेरीमालिका–३ का शान्त सुनार, भेरीमालिका–१० का सन्तोष चन्द, भेरीमालिका–११ का गोपाल सुनार, बहादुर भण्डारी र शर्मिला सुनार, दसेरा–१ का डिलबहादुर बुढा र दसेरा–२ का मनिराम जैसी, सिमा–९ का मदन पुन, लहँ–४ का रामबहादुर बस्नेत, साल्म–५ का नन्दलाल जैसी, पजारु–८ का नैने दमार्इं, मजकोट–७ का दले तिरुवा र रुकुम चौरजहारीका कृष्णबहादुर गिरी छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन ।
घाइते बिनाकुमारी खत्री, कार्कीगाउँ–३ ले भनिन्न्, “सदरमुकामबाट एउटै सिटमा तीन जनालाई जर्बजस्ती राखेर बस गुड्यो, सहचालकले ‘प्रहरीलाई नभन्नू’ भनी यात्रुलाई हप्काएको थियो । बसपार्कबाट अलि पर खोलामा पुगेपछि दर्जनभन्दा बढी मान्छे गाडीको कोलिया भरिभराउ हुने गरी हालेर जथाभाबी बस हाँकिएको थियो । हामीले धेरै नहाँक भन्दा पनि केही मानेनन् । एक्कासि २० मिनेटमा बोहरा नजिक मोडमा पुग्दा बस मोड्नुपर्ने ठाउँमा सिधै पर्खाल बाहिर गयो । चालकले मदिरा सेवन गरे जस्तो पनि देखिन्थ्यो । यात्रुहरु कोचाकोच गरी बसमा बस्दा श्वास फेर्ने ठाउँसम्म थिएन ।”

अर्का घाइते रोकायगाउँ गाविसका सचिव टीकाराम रावतका अनुसार बस तीव्र गतिमा थियो, मानिस धेरै हालेका कारण टाउको समेत ठाडो गरेर बस्ने अवस्था थिएन । बच्चाहरु रोइरहेका थिए । यो समाचार आजका सबैजसो पत्रपत्रिकाले छापेका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए