दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलको सेमीफाइनलमा एपिएफ र आर्मी, न्यु डायमण्ड र पुलिस भिड्ने

didibahini cupपर्वत /पर्वतको सदरमुका कुस्माबजारमा सञ्चालन भैरहेको प्रथम दिदीबहिनी कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ।
नवौँ पश्चिमाञ्चल महोत्सबअन्तर्गत बिहीबार पर्वतको कुस्मामा भएको लिग चरणको खेल समाप्तीपछि समुह ए बाट एपीएफ र नेपाल पुलिस तथा समुह बी बाट न्यूडायमण्ड र त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन्।
एपीएफ समुह विजेता र पुलिस उपविजेता तथा समूह बी बाट न्यूडायमण्ड विजेता र आर्मी उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्। अब सेमिफाइनमा एपीएफले आर्मी तथा न्यूडायमण्डले पुलिससँग प्रतिस्पर्धा गर्नेछन्।
समूह ए मा दुवै खेल जितेको एपीएफ ६ अंक बटुल्दै विजेता बन्यो। एपीएफसँग हारेको पुलिस आयोजक दिदीबहिनीलाई पराजित गर्दै ३ अंक जोड्न सफल भयो।
बिहिबार एपीएफले दिदिबहिनीमाथी २५–४, २५–६ र २५–६ को सोझो सेटमा जित निकाल्यो। पुलिसले पनि रेडियो दिदीबहिनीलाई २५–१२, २५–१४ र २५–१२ को सोझो सेटमा हरयो। समुह बी अन्तर्गत न्यूडायमण्डले पहिलो खेलमा पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई २५–९, २५–१३ र २५–८ ले हरायो भने दोस्रो खेलमा आर्मीमाथी २५–१४, २५–१२ र २५–२१ को सेटमा जित निकाल्यो।
न्यूडायमण्डसँग हारेपनि आर्मीले पाँच सेटसम्म चलेको रोमाञ्चक खेलमा पश्चिमाञ्चललाई ३–२ को सेटमा पराजित गर्दै समूह ख को उपविजेता बन्यो। प्रतिस्पर्धात्मक खेलमा आर्मीले पश्चिमाञ्चविरुद्ध २४–२६, २५–२०, २५–२२, २३–२५ र १५–११ ले जित हासिल गर्यो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए