हस्तक्षेपका बिरुद्ध उत्रिएका नेपाली माथि भारतीय सुरक्षाकर्मीले गोली चलाए , एक नेपालीको मृत्यु, दर्जनौ घाइते, सिमा क्षेत्र तनाबग्रस्त

Sima-Kanchanpur
कञ्चनपुर / भारतीय हस्क्षेपका बिरुद्ध उत्रिएका नेपाली माथि भारतीय सुरक्षकर्मीले गोली चलाउँदा कञ्चनपुरको पुनर्वासमा र एक नेपालीको मृत्यु भएको छ ।भारतीय प्रहरीको गोली लागेर स्थानीय गोबिन्द गौतमको मृत्यु भएको छ । भारतीय प्रहरीको गोली लागेर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।भारतीय हस्तक्षेपविरुद्ध प्रतिकारमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले १२ राउण्ड गोली प्रहार गरेको छ ।
घटनामा नेपाल प्रहरीका जवानसहित थुप्रै नेपाली घाइते भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

पुनर्वासको आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै भारतीय एसएसबीले हस्तक्षेप गरेपछि स्थानीय नेपाली प्रतिकार उत्रिदा भारतीय पक्षबाट गोली चलेको हो ।

अहिले घटनास्थलमा कैलालीबाट समेत सशस्त्र प्रहरी परिचालन गरिएको छ । महेन्द्रनगरको दंगा प्रहरीलाई पनि खटाइएको छ ।

नेपाली सुरक्षाकर्मीको संख्या बढेसँगै भारतीयहरु अलि पर भागेको पत्रकार बागले घटनास्थलबाट जानकारी दिए । टेलिफोनमा उनले भने( ‘हाम्रो सशस्त्र प्रहरीसँग हतियार छैन् । लाठीको भरमा यहाँ खटिएका रहेछन् । पारी भारतले सीमा जंगलमा पुरै एसएसबी परिचालन गरिरहेका छन् । स्थिती तनावग्रस्त छ ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए