भारतीय सिमा सुरक्षा बल र नेपाली नागरिक बिच कुटाकुट, सिमामा तनाब

simachetra
कञ्चनपुर— कञ्चनपुरको आनन्दबजारस्थित नेपाल—भारत सीमाक्षेत्रमा नेपाली नागरिक र भारतीय सीमाबलका बीच कुटाकुट भएको छ । दुई पक्षका नागरिकबीचमा हानाहान भएपछि अहिले सीमाक्षेत्र तनावग्रस्त भएको छ ।

सीमाक्षेत्रमा रहेको आनन्दबजारका नेपालीलाई भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले कुटपिट गरेपछि तनाव शुरु भएको हो । सीमाक्षेत्रको नेपाली भूमिमा नेपालीहरूले कल्भर्ट बनाउँदै गर्दा भारतीय सुरक्षाकर्मीले सो काम रोक्न भनेका थिए ।

कल्भर्ट बनाएकोे भूमि भारतमा पर्ने भएकोले त्यहाँ कल्भर्ट नबनाउनको लागि भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकलाई आदेश दिएका थिए । तर विवाद उग्र बन्दै गएपछि सीमामा तनाव भएको हो । विवाद भएपछि भारतीय सुरक्षाकर्मीले नेपाली युवालाई कुटेका थिए ।

एसएसबीले युवाहरूलाई कुटपिट गरेपछि नेपालीहरू सीमामा उत्रिएका छन् । उनीहरू भारतीय हस्तक्षेपको विरुद्धमा नाराबाजी समेत गरिरहेका छन् । नाराबाजी गरेका नेपालीलाई समेत भारतीय सुरक्षाकर्मीले कुटपिट गरेका थिए । त्यसपछि चाहिँ नेपाली पक्षले भारततर्फ ढुंगामुढा गरेका थिए ।

आनन्दबजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमामा सुरक्षा दिइरहेका छन् । अहिले तनाव बढ्दै गएपछि थप सुरक्षाकर्मीलाई सीमाक्षेत्रमा पठाइएको छ ।

नेपाली पक्षलाई चाहिँ नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयम अपनाउन अनुरोध गरिरहेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर खनालले सीमामा विवाद सिर्जना भएको र विवाद मिलाउनको लागि कोशिश भइरहेको लोकान्तरलाई बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली समस्या समाधानको लागि सीमाक्षेत्रतर्फ प्रस्थान गरेको उनले बताए । सामान्य कल्भर्ट बनाउने विषयमा विवाद सिर्जना भएको उनले जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार