फलेबास –लुंखु सडकको ठेकेदार काम छाडेर बेपत्ता

lamaya sadk
पर्वत/लामो समयदेखि ठेकेदार सम्पर्क विहीन भएपछि यहाँको एक सडक कालोपत्रेको काम अलपत्र परेको छ ।
दक्षिण पर्वतको हुवास जोडेने दोविल्ला–फलेवास–लुंखु– हुवास सडक खण्ड अन्तर्गत मुडिकुवा–लमाए खण्डको कालोपत्रेको जिम्मा लिएको ठेकेदार कम्पनी विगत दुई महिनादेखि सम्पर्क बिहीन भएका हुन् । पर्वत क्षेत्र नं. २ मा नै पहिलो पटक कालोपत्रे हुन लागेको दक्षिण पर्वत जोड्ने सबैभन्दा व्यस्त तथा व्यापारिक, कृषि क्षेत्रको रुपमा रहेको सो सडक खण्डको काम वसीफ ओभरसिज ईन्जिनियरिङ प्रा.लि.भरतपुर चितवनले जिम्मा लिएको थियो ।
मुडीकुवा देखि लमाएखोला सम्मको करिब ७ दशमलब ६ किलोमिटर सडक खण्डमा २०७४ आषाढ सम्म कालोपत्रे गर्ने काम सम्पन्न गर्ने गरि २०७२ सालमा सम्झौता भएको थियो । तर, सडक निर्माणको काम बीचमै अलपत्र पारी ठेकेदार सम्पर्क बिहीन भएपछि कालोपत्रे गर्ने काम अलपत्र परेको स्थानियले गुनासो गरेका छन् ।
स्थानिएबासीहरुले ठेकेदारको काममा ढिलाई हुँदा आफूहरु मर्कामा परेको गुनासो गरीरहेकै बेला निर्माण व्यवसायी नै फरार भएका छन । मुडिकुवा देखि लमाए सम्मको ७.६ कि.मि. सडक कालोपत्रे गर्न रु.१२ करोड ३८ लाख ६२ हजारमा ठेक्का लिएको थियो । निर्माण व्यवसायी दुई महिनादेखि सम्पर्क बिहीन भएको जिल्ला इन्जिपनियर लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।
आगामी आषाढ मसान्तमा सम्पन्न गरी सक्नुपर्नेमा ५० प्रतिशत काम बाँकी रहँदै माघदेखिनै ठेकेदार फरार भएको उनले बताए । ठेकेदारले पछिल्लो पटक यहिँ फागुन पहिलो साता रकम बुझेको देखिन्छ । ठेकेदारले २०७२÷०७३ को १ करोड ९६ लाख २६ हजार ९ सय र ०७३÷०७४ को २ करोड ४० लाख २४ हजार १ सय ५१ रुपैँया बुझिसकेको छ । अब ठेकेदारले ८ करोड १ लाख ७० हजार ३ सयको हाराहारीमा सडकको सम्पुर्ण काम सकिसक्नुपर्ने देखिन्छ ।
तर सडकको काम गर्न भने धेरै बाँकि रहेको छ । ठेकेदारले पहिले जस्तो तिब्र गतिमा काम गरेको भए समयमै काम सकिने अवस्था थियो । तर, पैसा बुझेर ५० प्रतिशत काम अभैm बाँकी रहेकाले समयमै काम नसकिने डरले फरार भएको हुन सक्ने आंकलन जिल्ला विकास समितिले गरेको छ ।
पर्वत क्षेत्र नं.२ मा नै पहिलो पटक सडक कालोपत्रे हुने भएपछि हर्षित भएका स्थानिय बासिन्दा ठेकेदार फरार भएपछि निरास बनेका छन् । यता पर्वत क्षेत्र नं.२ का सांसद बिकास लम्सालले पर्वत क्षत्र नं. २ मा नै पहिलो पटक कालोपत्रे हुन लागेको दक्षिण जोड्ने सडक निर्माण कार्य अलपत्र पारी ठेकेदार फरार हुनु दुःखद भएको बताउँदै यो समस्या समाधानको लागि पहल गर्ने बताए ।
तस्विर पनि छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना