ललाई फकाई बालबिबाह गराएको आरोपमा तीन जनालाई गुल्मी पठाइयो

Child marriage

Child marriage

पर्वत/ लिमिठाना घर भएकी १५ वर्षिया एक बालिकालाई ललाई फकाई बाल विवाह गरेको आरोप लागेकाहरुलाई आवश्यक कारवाहीका लागि गुल्मी जिल्ला पठाईएको छ ।
महिला तथा बालबालिका कार्यालय पर्वतमा परेको निवेदनको आधारमा बाल विवाह गराउने २ महिला सहित बालिका र उनलाई विवाह गर्ने खड्गकोट गाविसका २१ वर्षिय पवन ढकाललाई गुल्मी जिल्लामा पठाइएको हो ।
बालिकाले दिएको निवेदन अनुसार पर्वत शंखरपोखरी–९ वस्ने शुशिला भुसाल र लिमिठाना २ बस्ने सिता भुसालले गत माघ २५ गते घरमा बोलाएर ललाई फकाई विवाह गरेको बताइएको छ ।
बालिकाका अनुसार आँफूलाई केही थाहा नभएको अवस्थामा उनीहरुले विवाह गराएकाले कारवाहीको माग गरिएको छ । यता जिल्ला प्रहरी कार्यालयले भने विवाह गर्ने केटा पक्षको घर गुल्मी जिल्ला भएकाले पर्वतमा कारवाही गर्न नमिल्ने बताएको छ ।
बाल विवाह गराउने तथा गर्नेलाई कानूनी व्यवस्था अनुसार कारवाही गर्नुपर्ने भएकाले सम्बन्धित जिल्लामा पठाइएको महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख तारा सुनुवारले जानकारी दिईन । बालबालिकाका विषयमा यथेष्ट जानकारी नहुँदा यस्ता घटनाहरुले प्रश्रय पाएकाले सचेत गराउन समेत जरुरी रहेकाले कारवाहीको प्रक्रिया अगाडी बढाइएको उनको भनाई छ ।
समाप्त फागुन २६

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए