दिदीबहिनी कप महिला भलिबल : एपीएफ बिजयी, न्यूडायमण्ड र पश्चिमाञ्चाबीचको खेल वर्षाले स्थगित

volleyballपर्वत/ प्रथम रेडियो दिदीबहिनी कप राष्ट्रिय स्तरको महिला भलिबल दप्रतियोगीताको उद्घाटन खेलमा एपीएफ विजयी भएको छ। विभागीय भिडन्तमा एपीएफले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हरायो।

बुधवार भएको समूह ए को पहिलो खेलमा एपीएफले पुलिसलाई २५–१४, २५–१६ र २५–१७ को सेटमा पराजित गरेको हो। यता समूह ख अन्तर्गत बुधबारै हुने भनिएको न्यूडायमण्ड र पश्चिमाञ्चलबीचको खेल भने खराब मौसमका कारण स्थगित भएको छ।

न्यूडायमण्डले सुरुवाती दुई सेट २५–३ र २५–१५ ले जितेर तेश्रो सेटमा पनि १९–१४ ले अग्रता बनाएको अवस्थमा हावा–पानीका कारण मौसम प्रतिकुल भएकाले खेल स्थगित गरिएको हो।

बिहीबार न्यूडायमण्ड र पश्चिमाञ्चलबीचको खेल एफआइभिबिको नियम अनुसार शुरु देखि नै हुनेछ। सातौँ पश्चिमाञ्चल महोत्सवको मुख्य आकर्षकको रुपमा रहेको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ।

समुह क मा एपीएफ र पुलिससँगै आयोजक रेडियो दिदीबहिनीको टिम रहेको छ भने समुह ख मा न्यूडायमण्ड र पश्चिमाञ्चल सँगै मा नेपाल आर्मी रहेका छन्।

प्रतियोगीताको विजेताले नगद १ लाख प्राप्त गर्नेछन भने उपविजेताले ६० तथा तेस्रो हुनेले ३० हजार हात पार्नेछन्। यस्तै सर्बोत्कृष्ट खेलाडीले ५ हजार तथा विधागत तर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, डिफेन्स, क्वीकर, ब्लकरलाई ३/३ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए