छ महिलामा ‘देबी चढे’ पछि हेर्नेको भीड

Devi-herna-bhid (1)बुटवल/बुटवलको बुटवल मण्डपको गेट नजिकै एक महिला रुखमुनि बस्न थालेको १३ दिन पुग्यो। रुपन्देहीको बाँसगढी घर भएकी विष्णु कुँवर धर्तीमाता उत्रिएको भन्दै सडककै छेउमा बसेकी छिन्।
‘देवी ध्यान बसेको’ भन्दै हेर्नेको घुइँचो छ। मंगलबार मात्रै अन्य पाँच महिला काप्दै कुँवरको छेउमा काप्दै बसेका छन्। पञ्चे बाजा बजाएर बसेका उनीहरुलाई हेर्न झण्डै एक हजार मानिसको जमघट छ।
मनोचिकित्कसले देवी उत्रिएको भन्नु मनोरोग भएको बताउछन्। ‘यो हिस्टेरिया हो, कुनै देवी देवता उत्रिएको होइन, वरिष्ठ मनोरोग विशेषज्ञ डा। मनोज ढुंगाना भन्छन्, ‘यस्तो समस्या विभिन्न उमेर समूहका धेरैजसो स्त्रीमा हुन्छ।’
देवी उत्रिएको भन्ने महिलामा ‘मास हिस्टेरिया’को समस्या छ। मनमा भएका इच्छा, कुण्ठा शब्दद्वारा व्यक्त नगरी व्यवहारमै देखाउने मनोरोगीको लक्षण भएको उनले बताए।
दक्षिण अफ्रिका र एसिया मुलुकहरुमा धार्मिक आस्थाका आधारमा यस्ताखाले हिस्टेरिया भएका मानिसहरु हुने गरेको उनले बताए। यस्तो लक्षणलाई मेडिकल भाषामा ‘पोजेसन सिन्ड्रोम’ भन्ने गरिएको छ। आफूमा भगवानको शक्ति आएको, शिवलाई साक्षात देखेको जस्ता कल्पनाहरु यस्ता व्यक्तिले गर्ने डा। ढुंगानाले बताए।
कुँवरले शिव भगवानले आफूलाई ध्यान बस्न भनेको भन्दै त्यहा बसेको उनकी बहिनी मेनका केसीले बताइन्। कुँवर यसअघि बुटवलका दोहोरी साँझहरुमा गीत गाउने गर्थिन्। उनले देवी उत्रिएको भनेपछि त्यहा पैसा चढाउने र पूजा गर्नेको ठूलै जमघट हुने गरेको छ। ध्यान बसेपछि उनले केही नखाएको बहिनी केसीले बताइन्।
शिवरात्रिको दिन तीन जना महिला देवी उत्रिएको भन्दै कामेका थिए। मंगलबार भने पाँच जना महिलाले त्यस्तै व्यवहार देखाएका छन्। मनोरोग विशेषज्ञ डा। ढुंगानाले उस्तै प्रकृतिमा सोचाई राख्नेले त्यस्तो व्यवहार देखाएको बताए। पीडा, कुण्ठा व्यक्त गर्न नसक्नेले यसरी व्यक्त गर्ने उनको भनाइ छ।
‘यो सामान्य खालको मनोरोग हो’, उनले भने’, ‘उपचार गर्नुपर्देन। त्यहाँ जम्मा भएका मानिसहरुले वास्ता नगर्ने हो भने आफैँ ठीक हुन्छ।’ जति मानिसको भीड लाग्यो त्यति बक्ने, काप्ने, बडबडाउने गर्दे जाने उनको भनाइ छ।
धपाउने हो भने एकैछिनमा सबै हट्ने बताइए पनि प्रशासनले अहिलेसम्म केही गरेको छैन्। वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधु नेपाले गतिविधि निगरानी गरिराखिएको बताए। धार्मिक आस्थासंग जोडिएकाले केही गर्न नसकिएको उनको भनाइ छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार