बर्डप्लुको त्रासमा धौलागिरि भित्र कुखुरा आयतमा प्रतिबन्ध

bird-flu-scare-in-delhi_46a34f48-9a97-11e6-a83e-3795272c0142
पर्वत/कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि धौलागिरि प्रवेश गर्ने नाकाबाटै कुखुरा आयतमा प्रतिबन्ध लगाइएको छ । धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाट नै पंक्षी तथा पंक्षीजन्य पदार्थ भित्राउन रोक लगाएको हो ।
जिल्ला पशु सेवा कार्यालय पर्वतले आज मंगलबार देखि नै ओसारपसारमा पूर्ण रुपले प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा, चल्ला र दानालाई जिल्लामा भित्रिन नदिने गरी प्रतिबन्ध लगाइएको जिल्ला पशुसेवा कार्यालय पर्वतका प्रमुख डाक्टर सुधिर थापाले बताउनुभयो । ‘सोमबार सम्म भेटेरीनरी चिकित्सकको इजाजत पाएकालाई भित्रिन दिएता पनि आजबाट पूर्ण रुपले प्रतिबन्ध लगाइएको छ ।’ उहाँले भन्नुभयो ‘धौलागिरिको मुख्य प्रबेशद्वार डिमुवा र पर्वत र बागलुङको सिमानामा पर्ने मालढुंगामा चेकजाँचका लागि प्रहरीको सहयोगमा कर्मचारी परिचालन गरिएको छ’
धौलागिरिका पर्वत लगायत बागलुङ र म्याग्दी जिल्लामा रहेका पोल्टी फार्म तथा मासु व्यवसायीहरुले तराई क्षेत्रबाट सस्तोमा कुखरा, अन्डा, चल्ला र दाना खपत गर्ने गरेका छन् । प्रायजसो पोखरा बागलुङ राजमार्ग हुँदै कुखुरा आयात हुने गरेपनि केही व्यवसायीहरुले बुटबल हुँदै बागलुङको बुर्तिवाङबाट कुखुरा भित्राएको जानकारी पाएपछि अहिले पर्वत र बागलुङको सिमानामा पर्ने मालढुंगामा समेत कर्मचारी परिचालन गरिएको डाक्टर थापाले जानकारी दिनुभयो ।
धौलागिरिमा दैनिक दुई हजारदेखि दुई हजार ५ सय सम्म कुखुरा भित्रिने गरेको अनुमानित तथ्याङ्क छ । धौलागिरिका तीनै जिल्लामा मासुका लागि पर्याप्त कुखुरा खपत हुने गरेको भएपनि केही व्यवसायीहरुले सस्तो हुनाले बाह्य जिल्लाबाट आयात गर्ने गरेका छन् ।
समाप्त फागुन २५

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार