गोली सप्तरीमा चल्यो, निशाना कहाँ कहाँ लाग्यो ?

Rajbiraj-UML-7
काठमाण्डौ /अहिलेसम्म मधेस–पहाड ध्रुवीकरणले एमाले र अध्यक्ष केपी ओलीलाई राजनीतिक फाइदा भएजस्तो देखिन्थ्यो । तर, सप्तरी काण्डपछि ‘मेची–काली’ अभियानका लागि यो उपयुक्त समय थियो कि थिएन रु भन्ने प्रश्न पार्टी र अध्यक्ष दुवैमाथि उठ्यो ।

(गोली सुरक्षाकर्मीले हाने, जनता मधेसी मारिए, तर जिम्मेवारचाहिँ एमालेको अभियान मानियो । मधेसमा भएको एमालेपंक्ति थप प्रतिरक्षात्मक भयो । मोर्चासँग बीचमा केही सुधारिएको एमालेको सम्बन्ध फेरि बिग्रियो ।

(एमालेको अभियानमा कति जनता सहभागी भए भन्ने प्रश्न सप्तरीमा कति मारिए भन्ने प्रश्नको छायामा प¥यो । मधेसमा हावी देखिने मेची–काली अभियानको उद्देश्य असफल र प्रत्युत्पादक भयो ।

(एमालेलाई एउटै नाफा भयो, मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिन अल्टिमेटम दियो । सरकार र मोर्चाबीच दूरी बढ्यो ।
सरकारलाई नकारात्मक

(प्रधानमन्त्रीले गोली नहान भन्दाभन्दै गोली चल्यो । गृहमन्त्रीको असन्तुष्टि पनि बाहिर आयो । प्रदर्शनकारी मात्र होइन, कतै सरकारी सुरक्षातन्त्रमै त घुसपैठ थिएन भन्ने प्रश्न उठ्यो । सुरक्षा सतर्कता र समन्वयमा पनि सरकार कमजोर देखियो ।

(मोर्चाले समर्थन फिर्ता लियो भने अल्पमतमा परिनहाले पनि संख्यात्मक र राजनीतिक रूपमा सरकार पहिलेभन्दा कमजोर भयो ।

मोर्चालाई अप्ठ्यारो

(आन्दोलन उठाउन आधार खोजिरहेको मोर्चालाई एमालेको अभियान वरदान साबित भयो, तर मोर्चा सरकारलाई दिएको समर्थन फिर्ता लिन पनि नसक्ने र साथ दिन पनि नसक्ने अवस्थामा पुग्यो ।

राप्रपाको महत्व बढ्यो

(मोर्चाको सरकारसँग दूरी बढ्दै जाँदा सत्तारुढ गठबन्धनको तेस्रो ठूलो घटक राप्रपाको सत्तामा बार्गेनिङ पावर बढ्यो ।

विखण्डनकारीलाई उत्साह

(मधेसको विखण्डकारी शक्तिलाई राज्यविरुद्ध जनता उक्साउन एउटा हतियार थपियो ।

चुनावमाथि आशंका

(मधेसीबहुल क्षेत्रमा चुनावबारे पहिल्यै पनि आशंका थिए । ती आशंका थपिए ।
र, सधैंजस्तै देशले हार्यो‍

(मनोवैज्ञानिक दूरी अझ बढ्यो । मधेस आन्दोलनमा अतिवादी तत्वले खेल्ने ठाउँ फराकिलो भयो । यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना