उपराष्ट्रपति पुनले पर्वतमा गरे यस्तो खुलासा

nanda pun parbat
पर्वत /उपराष्ट्रपति नन्दबहादुर पुनले ‘जनयुद्धकाल’ मा पर्वतमा आक्रमणको योजना बनाएको खुलासा गरेका छन ।
नवौ पश्चिमाञ्चलस्तरीय महिला महोत्सबको उद्घाटनका लागि आएका पुनले २०५८ सालमा जिल्ला आक्रमणको योजना बनाएको खुलासा गरेका हुन ।
‘पर्वत जिल्लामा पनि आक्रमणको योजना बनाउन सबै कार्यालयहरु घुमेको छु’ उनले भने ‘पर्वतबासी भाग्यमानी हुनुहुँदो रैछ, त्यसबेला पर्वतमा आक्रमण भएन’ उनले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र कारागार तथा शसस्त्र प्रहरीको गणमा समेत कोठाकोठामा पुगेर ‘रेक्की’ गरेको सुनाए । ‘मेरो त्यस बेला टाउकाको मुल्य तोकिएको थियो’ उनले भने ‘म सिडीयो सापको कार्यकक्षमै पुगे तर उहाँले चिन्न सक्नुभएन’ पर्वत मात्रै होइन बागलुङ्ग, म्याग्दी , स्याङ्गजा र पाल्पा पनि त्यही क्रममा डुलेको उनले सुनाए ।
हिजो युद्धको समयमा र अहिलेको परिस्थिति फरक भएको बताउँदै अहिलेको परिर्वतन ल्याउन जनताले गरेको योगदानलाई खेरजान नदिन आग्रह पनि गरे ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना