सप्तरीका सिडिओ र प्रहरी प्रमुख काठमाडौं झिकाइए !

Uddhab-Prasad-Timalsina-CDO-Saptariकाठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरी घटनाका विषयमा जानकारी लिन गृहमन्त्री विमलेन्द्र निधिलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई काठमाडौं बोलाउन निर्देशन दिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले गृहमन्त्री निधिलाई फोन गरेर प्रमुख जिल्ला अधिकारी उद्धव तिमलसिना र प्रहरी प्रमुख दिवेस लोहनीलाई काठमाडौं आजै बोलाउन भनेका हुन् ।

सप्तरी घटनाका विषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग जानकारी लिएपछि पुनः पठाइने जनाइएको छ ।

तर, गृहमन्त्री निधिले सिडिओ र प्रहरी प्रमुखलाई काठमाडौं बोलाएका हुन् वा होइनन् यस विषयमा उनको निजी सचिवालयसँग राखिएको जिज्ञासामा अनभिज्ञता जनाएको छ ।

सप्तरी घटनामा तीन जनाको ज्यान जानुका साथै दुई दर्जन बढी घाइते भएपछि मधेसी मोर्चाले सरकारको कडा आलोचना गर्दै आएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार