ट्रम्पले ल्याउँदैछन नयाँ अध्यागमन निती

Donald-Trump-singing-against-TTP
काठमाण्डौ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमनसम्बन्धी नयाँ आदेश जारी गर्ने भएका छन् । यसअघि जारी गरेको विश्वभरका शरणार्थी तथा मुस्लिम बहुल देशका नागरिकलाई प्रवेशमा निषेध गर्ने आदेशमा अदालतले रोक लगाएपछि ट्रम्पले नयाँ आदेश जारी गर्न लागेका हुन् ।

ट्रम्पले गत महिना पद सम्हालेलगत्तै जारी गरेका आदेशको व्यापक आलोचना भएको थियो । लगत्तै कानुनी मान्यताप्राप्त भिसा भएकालाई समेत विभिन्न विमानस्थलमा रोकिएको थियो भने कतिपयलाई स्वदेश फिर्ता गरिएको थियो । यसबाट अमेरिकाभर ट्रम्पको विरोध भएको थियो ।

नयाँ आदेशमा के हुनेछ भन्नेबारे अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर आदेशमा प्रतिबन्धित देशको सूचीबाट इराकलाई हटाउन सक्ने अनुमान छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए