पशुपतिनाथ मन्दिर उच्च जोखिममा , भासिने क्रम रोकिएन

फोटो : एजेन्सी

फोटो : एजेन्सी

काठमाडौ /पशुपति क्षेत्रको जमिन निरन्तर बगिरहेको छ । जमिन निरन्तर बगिरहेकाले वाग्मती नदीका पूर्व र पश्चिम किनाराका कतिपय शिवलिङ्ग माथि उठेका र कतिपय मन्दिर धसिइरहेका छन्।
त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् सहप्राध्यापक डा। रञ्जनकुमार दाहालले पशुपति क्षेत्र, श्लेष्मान्तक वन, गुह्येश्वरी क्षेत्रमा देखिएका खाडल, दरार परेका जमिनले त्यो क्षेत्र बगिरहेको पुष्टि भएको बताए ।
जमिन बगेकै कारण पशुपति मन्दिरको पूर्वीद्वारतर्फ पहिरो गएकाले यसअघि लामो समयसम्म पूर्वी क्षेत्रबाट प्रवेश बन्द गरिएको थियो । मन्दिरबाट वाग्मती किनारामा रहेको ब्रह्मनालतर्फ बग्ने जल चुहिएका कारण उक्त समस्या आएको थियो ।
भूकम्पपछि त्यसको अवस्था कस्तो छ भनेर अझै अध्ययन गर्न बाँकी रहेको डा। दाहालले बताए । त्यस क्षेत्रमा जमिन माथिबाट बग्ने पानी र जमिन भित्रबाट बग्ने पानीको समुचित व्यवस्थापन नगरेमा निकै ठूलो समस्या पनि आउनसक्ने विज्ञको भनाइ छ ।
वाग्मती नदीको पूर्वमा १५ शिवालय रहेको क्षेत्रको जमिन पनि भासिएर खाडल पर्दैछ । गुह्येश्वरी मन्दिर क्षेत्रमा पनि वाग्मती किनार क्षेत्र भासिएका कारण मन्दिर पटाङ्गिनीमा नै ठूलो खाडल परेको छ । गतवर्षको भूकम्पपछि उक्त समस्या अझै बढेको पाइएको सहप्राध्यापक दाहालले बताए ।
त्यस्तै विश्वरूप क्षेत्रमा पनि जमिन भासिने क्रम देखिएको छ । तीलगङ्गादेखि गुह्येश्वरीसम्म जथाभावी बाटो खनिएका कारण पनि उक्त क्षेत्रमा पहिरो जाने र जमिन भासिने समस्या देखिएको दाहालले बताए । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए