जब मेसीले मैदानमै फोनको संकेत गरे ? अनि भो बिश्वभर हंगामा

Leo-messi-22404515काठमाडौं।मैदानमा लियोनेल मेसी गोलका परिचित नाम हो । झन् गोलमा उनको कलात्मक शैलीले धेरैलाई जिब्रो टोक्न बाध्य पार्छ । तर, गएराती स्पेनिस लालिगामा सेल्टाभिगोविरुद्ध उनले गरेको गोलपछिको ‘सेलिब्रेसन’ शैलीले विश्वभर तहल्का मच्चाएको छ ।

खेलको २४ औं मिनेटमा मेसीले मैदानको बीचभागबाट एक्लै लगेर जाली चुमाएको गोलपछि उनको सेलिब्रेसन शैलीलाई अन्तर्राष्ट्रिय मिडियाले विभिन्न अन्दाजमा प्रस्तुत गरेका छन् । उनको दोस्रो गोल पनि उत्तिकै दर्शनीय थियो ।

यो हेर्नुस् : मेसीले फेरि गरे सनसनीपूर्ण गोल ( भिडियोसहित)

एकल प्रयासमा गोल गरेपछि भिआपी लाउन्सतर्फ जब मेसीले फोनको शैलीमा संकेत गरे यसले धेरैलाई छक्क पार्यो । यस अघिका गोलमा दुवै हात माथि लगेर गोलको खुशी मनाउने मेसीको शैली फेरिएपछि अनेक टिकाटिप्पणी हुन लागेका हुन् ।

स्पेनिशपत्रिकाले जनाए अनुसार बार्सिलोनामा मेसीले मागे जति रकममा उनको नवीकरणलाई दबाब दिन मेसीले यसरी फोनको संकेत गरेको उल्लेख छ ।

बार्सा छोडेर म्यानचेस्टर सिटी जाने हल्ला चलिरहँदा मेसीको यो संकेतलाई झनै महत्वका साथ हेरिएको छ । क्लबका अध्यक्ष जोसेफ मारियासँग पछिल्लो समय मेसीको सम्बन्ध राम्रो नभएपछि उनले दबाब दिन यस्तो संकेत गरेको पनि अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

– See more at: http://nepaliheadlines.com/%e0%a4%ae%e0%a5%87%e0%a4%b8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ab%e0%a5%8b%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%95%e0%a5%87%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%aa%e0%a4%9b/#sthash.TsKjXnSl.dpuf

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना