पूर्व–पश्चिम राजमार्गमा एमालेको ७ किमी लामो र्‍याली,

uml_4सप्तरी/ मधेशी मोर्चाका कार्यकर्ताको अबरोधका वाबजुद नेकपा एमालेको मेची–महाकाली अभियान प्रदेश नम्बर दुइको सप्तरी प्रवेश गरेको छ । ४ सय गाडी र ३ सय मोटर साइकल सहितको मेची महाकाली अभियानको ¥याली राजमार्गमा ७ किलोमिटरमा फैलिएको एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए ।

सप्तरीको कञ्जनपुरबाट ६० वटा बस सहित मेची–महाकाली अभियानको टोली राजबिराज तर्फ प्रस्थान गरेको रिजालले बताए । राजबिराजमा सप्तरीका विभिन्न स्थानवाट एकसय बस आउने योजना रहेको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

राजबिराजको कार्यक्रम सम्पन्न गरेर टोली रुपनी कञ्चनपुर बजारमा बास बस्न जानेछ । सोही स्थानमा साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । एमाले नेताहरु साँझ कार्यकर्ताको घरमा बास बस्ने तयारी छ ।

गाडीको संख्या धेरै भएका कारण ¥याली राजबिराज पुग्न ढिला भएको हो । राजबिराजको गजेन्द्र नारायण औद्योगिक क्षेत्रमा एमालेको सभा हुदैछ । एमालेको सभा विथोल्न मधेशी मोर्चाका कार्यकर्ता बिहानै देखि लाठी र भाटा सहित नारावाजी गरिरहेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए