अझैं तीन सय ६८ गाविस सडक सञ्जालमा जोडिन बाँकी

काठमाडौँ,  सडक सञ्जालमा जोडिन हालका तीन सय ६८ गाविस बाँकी छन् । ती गाविस जोड्न अझै चार हजार आठ सय ८५ किमि सडक आवश्यक रहेको सरकारी अनुमान रहेको नयाँ पत्रिकाले खबर छापेको छ ।GABISA-768x369

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)को तथ्यांकअनुसार जिल्ला मुख्य सडक सञ्जालको लम्बाइ २५ हजार ७ सय २५ किलोमिटर पुगेको छ । गाविस जोड्ने सडकको लम्बाइ भने ३१ हजार ९ सय ४ किलोमिटर छ ।
डोलिडारको ०६९ को तथ्यांकमा स्थानीय सडकको लम्बाइ ५० हजार ९ सय ४४ किलामिटर थियो । यसअवधिमा ६ हजार ६ सय ६८ किलोमिटर (१३ दशमलव २ प्रतिशत) ले स्थानीय सडक निर्माण भएको छ ।
औषतमा स्थानीय सडक निर्माण वार्षिक एक हजार ६ सय ७२ किलोमिटरका दरले वृद्धि भइरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । डोलिडारका महानिर्देशक रामकृष्ण सापकोटाले स्थानीय सडकको अद्यावधिक तथ्यांकले आगामी दिनमा योजना निर्माण तथा बजेट विनियोजनमा सहयोग पुग्न बताए । स्थानीय स्तरको सडक तथा अन्य पूर्वाधार विकास आयोजनामा लगानी गर्ने आधार तयार भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार