अविवाहित करण जोहर कसरी बने दुई सन्तानका पिता !

बलिउड फिल्म निर्माता करण जोहर जुम्ल्याहा बच्चाका बाबु बनेका छन् । करण जोहरले भाडाकी आमाको माध्यमबाट यश र रुही पाएका हुन् ।Karan-Johar

यी दुवै बच्चाको जन्म हालसालै भएको हो । करणले ट्वीट मार्फत यसको जानकारी दिएका छन् ।

यस अघि तुषार कपूरले पनि विवाह नगरि सेरोगेट आमाको मदतमा बाबु बनेका थिए । शाहरुख खाका छोरा अबराम पनि भाडाकी आमाबाट जन्मिएका थिए ।

बच्चा जन्मिएसँगै जोहरले आफू खुसी भएको बताएका छन् । उनले पिता बन्न पाएकोमा सौभाग्यशाली महसूस गरेको बताएका छन् । मेडिकल साइन्सको सहायतमा आफू बाबु बन्न सकेकोमा खुसी भएको उनले ट्वीट मार्फत बताएका छन् ।

यस अघि करण जोहर ले आफ्नो किताब ‘द सूटेबल ब्वाई’ मा पिता बन्ने इच्छा व्यक्त गरेका थिए ।
करणले पुस्तकमा यो एक इमोशन भएको भन्दै बाबु बन्दा कस्तो लाग्छ आफूलाई थाहा नभएको बताएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए