निर्वाचनमा भाग लिएर एमालेलाई पराजित गर्न मधेसी मोर्चालाई एमाले नेता नेपालको चुनौती

इटहरी  । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले समयमा स्थानीय तहको निर्वाचन गराउन खुट्टा नकमाउन सरकारसँग आग्रह गर्नुभएको छ ।17015943_10212781976210974_2946547277065120254_o

संविधान र निर्वाचनका लागि सो पार्टीको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज इटहरीमा आयोजित जनसभामा नेता नेपालले लोकतन्त्रलाई संस्थागत गर्न र मुलुकको आर्थिक विकासका लागि तीनै तहको निर्वाचन आवश्यक भएको भन्दै संविधानमा असन्तुष्ट दललाई पनि निर्वाचनमा माग लिएर जनतामा आफ्ना एजेन्डा राख्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “तराई मधेसका मुद्दा बोक्छु भन्ने दलले निर्वाचनमा भाग लिएर एमालेलाई पराजित गर्दा हुन्छ, हामी पराजित भएमा विजयीलाई माला र अबीर लगाउन तयार छौँ, हामीले जितेमा उनीहरुले माला लगाएर मैदान छाडिदिनुपर्छ ।”

एमालेको सो अभियानले हिमाल, पहाड र तराईका जनतालाई भावनात्मक रुपमा जोड्ने र राष्ट्रिय एकतालाई बलियो बनाउने जनाउँदै उहाँले आफ्नो पार्टीको नेतृत्वका सरकारले तराईमा विकास र सामाजिक विभेद विरोधी कार्यक्रम अघि सारेका उदाहरण प्रस्तुत गर्नुभयो ।

एमाले नेता सुवास नेम्बाङले संविधान संशोधनको माग गर्ने मधेसी मोर्चाका सांसद सात जना मात्र भएको दाबी गर्दै मधेसमा जनमत लिएका काँग्रेस, एमाले र माओवादी केन्द्रका ९० प्रतिशतभन्दा बढी सभासद्ले हस्ताक्षर गरेको संविधानमा राष्ट्रियतालाई आँच पुग्ने गरी गर्न खोजिएको संशोधन प्रस्तान अस्वीकार्य भएको बताउनुभयो ।madhav-nepal

सभामा पार्टीका अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्य नेम्बाङ, सत्यनारायण मण्डलगायतका नेता अभियानमा सहभागी हुनुहुन्थ्यो ।

झापाको काँकडभिट्टाबाट शनिबार सुरु भएको अभियानका नेता कार्यकर्ता र्यालीसहित विराटचोकमा जनसभा गरी सुनसरीको इटहरी आएका थिए । सोमबार सुनसरीकै इनरुवा र सप्तरीको राजविराज र कञ्चनपुरमा कार्यक्रम हुनेछ ।

संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको एमालेको मेची महाकाली राष्ट्रिय अभियान १५ दिन चल्नेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना