पर्वतको रानीपानीमा भूकम्पले भत्काएको बिद्यालयको भवन रोटरीले बनाइदियो

17103664_773760036109736_9000600952794885786_nपर्वत / रानीपानीमा भूकम्पले ध्वस्त बनाएको जनता आधारभूत बिद्यालयको भवन रोटरी क्बलले पूननिर्माण गरिदिएको छ ।
दुई बर्ष अघि बिनासकारी भूकम्पले भत्काएको भवन रोटरी क्लब अफ द हिमालयन गोर्खाजले पूननिर्माण गरिदिएको हो ।
क्लबले १५ लाख ६६ हजारको लागतमा चार कोठे दुई तले भवन निर्माण गरिदिएको हो । भूकम्पले भवन भत्काएपछि चौरमा पढाउनुपर्ने अवस्था भएको अवस्थमा क्लबले पक्की भवन निर्माण गरिदिएको बिद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पराजुलीले जानकारी दिए । ‘भूकम्पले क्षतबिक्षत भएको बिद्यालयमा पक्की भवन बनेपछि पठन पाठनमा सहजता आएको छ’ उनले भने ‘दाताको सहयोगमा बिद्यालयमा भौतिक पुर्बाधार निर्माण हुन सकेको छ’
पर्वत जिल्लामा भूकम्पबाट अति प्रभावित रानीपानीमा बिद्यालयमा समेत क्षति पुगेको देखेपछि भवन निर्माणमा सहयोग गरेको क्लबका पुर्ब अध्यक्ष नारायणप्रसाद गुरुङ्गले जानकारी दिए । ‘बिनासकारी भूकम्पबाट बिद्यालयमा पुगेको क्षतिमा थोरै भएपछि मल्हम लगाउने काम गरेका हौ’ उनले भने ।
यसैगरी जिल्ला शिक्षा कार्यालय पर्वतको आर्थिक सहयोगमा पनि बिद्यालयमा थप तीन कोठे पक्की भवन निर्माण गरिएको हो । भूकम्पबाट क्षति भएका बिद्यालय पुननिर्माण अन्र्तगत २ ६ लाख ५९ हजारको लागतमा भवन निर्माण गरिएको हो । जिशिका पर्वतको सहयोग १९ लाख ५० हजार र अन्य स्रोत संकलन गरि भवन निर्माण गरिएको हो । 17098626_773760129443060_7728224908498519233_n
बिद्यालयमा निर्माण भएका दुई वटै भवनको जिल्ला शिक्षा कार्यालय पर्वतका बिद्यालय निरीक्षक उद्दिमराज पौडेलले शुक्रबार एक भब्य समारोहका बिच उद्घाटन गरे । सामुदायिक बिद्यालयहरुको भौतिक पुर्बाधर निर्माणमा सहयोगी निकायहरुको महत्वपुर्ण भूमिका रहेको उनले बताए । भूकम्‘प पछि अझै धेरै सहयोग मिलेको चर्चा गर्दै पौडेलले सामुदायिक बिद्यालयहरुमा पुर्बाधार भन्दा पनि गुणस्तर सुधारमा केन्द्रित हुन आग्रह पनि गरे । उक्त कार्यक्रममा प्रमुख अतिथि पौडेल, रोटरीका पूर्व अध्यक्षहरु नारायणप्रसाद गुरूङ कोने र श्रीप्रसाद गुरूङ, निर्देशक सदस्य नन्दबहादुर गुरूङ, समाजसेवी विकास गौचन,स्रोत ब्यक्ति बमबहादुर क्षेत्री, भवन निर्माण संयोजक नमराज पराजुली , राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना