मधेशमा अबरोध गर्ने चेतावनीलाई चिर्दै यसरी शुरु भयो एमालेको मेची महाकाली अभियान

kp-1 झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानको शुभारम्भ भएको छ ।

संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो १५ दिने राष्ट्रिय अभियानको शनिबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले कांकडभित्ताबाट सुभारम्भ गरेका हुन् ।

वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीम रावल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, सत्यनारायण मण्डल लगायतका नेताको सहभागिता रहेको कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको प्रदेश नं का संयोजक भीमप्रसाद आचार्यलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरेर अध्यक्ष ओलीले अभियानको शुभारम्भ गरेका थिए ।Uml-mechi-mahakali-abhyan-7

राष्ट्रिय अभियान कसैले विथोल्न खोज्छ भने एमाले मात्र होइन जनताले पनि अस्वीकार गर्छन्ः केपी ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधानले दिएको आदेश वाहेक अरु नमान्ने चेतावनी दिनुभएको छ । ‘मेची–महाकाली राष्ट्रिय अभियान’ उद्घाटन गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् । ‘एमालेले जनताले दिएको मात्र आदेश मान्छ,’ काकडभिट्टाबाट कार्यक्रममो शुभारम्भ गर्दै ओलीले भने, ‘हामी अरुले दिएका जे–पायो त्यही आदेश मान्दैनौँ ।’Uml-mechi-mahakali-abhyan-8

प्रदेश नम्बर एकका संयोजक भीम आचार्यलाई पार्टीको र राष्ट्रिय झण्डा हस्तान्तर गर्दै ओलीले भने– ‘हामी सबै नेपाली यो सबै नेपालीको अभियान हो । राष्ट्रियता , भौगोलिक अखण्डता रक्षाका लागि गरिएको यो अभियान कसैले विथोल्न खोज्छ भने एमालेलाई मात्र होइन नेपाली जनतालाई पनि स्वीकार्य हुँदैन ।’

पार्टी महासचिव ईश्वर पोख्रेल अभियान विथोल्न खोजे एमाले चुप लागेर नबस्ने चेतावनी दिए । एमालेले आज झापा विर्तामोड र दमकमा कार्यक्रम गर्ने तयारी गरेको छ । आजै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरु झापाका विभिन्न कार्यक्रममा सहभागी भए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार