दिउँसै अपहरणकारी र प्रहरी बिच दोहोरो भिडन्त

काठमाडौं, । काठमाडौंको स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानहान भएको छ । र, एक जना घाइते भएका छन् ।

बौद्धबाट अपहरणमा परेका तीन जनालाई छुटाउने क्रममा शनिबार दिउँसो महानगरीय अपराध महाशाखाको टोली र अपहरणकारीबीच गोली हानहान भएको महाशाखाका प्रमुख एसएसपी दिनेश आमात्यले जानकारी दिए ।gunfire_9Iq8lHKf

उनका अनुसार अपहरणमा परेकाबाट फिरौती बुझ्नै लाग्दा त्यहाँ प्रहरी पुगेर अपहरणकारीलाई घेरा हालेर समात्ने क्रममा अपहरणकारीले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको हो ।

प्रहरीको गोली लागेर अपहरणकारी दुर्गा तामाङ घाइते भएका छन् । उनलाई नियन्त्रणमा लिएर अस्पताल पुर्याइएको छ

अपहरणकारीले ६ लाख फिरौती मागेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना