निर्वाचन घोषणासँगै संविधान कार्यान्वयनतर्फ –नेता नेपाल

पोखरा, १५ फागुन । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मुलुकमा संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको बताउनु भएकोछ ।

प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले “राजनीतिक दलहरु निर्वाचनमा जुटिसकेका छन् र आयोगले पनि निर्वाचन सम्बन्धी कार्यतालिका अगाडि बढाइसकेको हुँदा यसबारे शङ्का नगर्न आग्रह गर्नुभयो ।”

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले संविधान कार्यान्वयन, राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सङ्घीयता र समावेशीताजस्ता प्राप्त उपलव्धिको रक्षा गर्दै समृद्धिका लागि मुलुकमा शान्तिपूर्ण निर्वाचनको अपरिहार्य आवश्यकता रहेको छ भन्नुभयो ।

स्थानीय तहको निर्वाचन लगत्तै आयोगमार्पmत १६५ निर्वाचन क्षेत्रको सिमाङ्कन टुङ्ग्याएर प्रादेशिक निर्वाचनमा जुट्नुपर्नेमा जोड दिदैं उहाँले भन्नुभयो – “नेपाल र नेपाली जनताको हित विपरीत आएको संविधान संशोधनको प्रस्तावका विपक्षमा एमाले सहितका राजनीतिक दल रहेको छ ।” रासस (तस्बिर उपलव्ध छ)

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना