स्थानीय निर्वाचन आशङ्काको घेरामा : नेता नेपाल

फाइल फोटो

फाइल फोटो

पर्वत, १४ फागुन । नेकपा ९एमाले०का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा आशङ्का रहेको बताउनुभएको छ ।

पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार साँझ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नभएका कारण चुनाव भइहाल्छ भनेर ढुक्क हुन सकिने वातावरण नभएको बताउनुभयो ।

एकातिर मधेसी दलको विरोध अर्कोतर्फ सरकारको सुस्त गतिको तयारीका कारण चुनाव हुनेमा आफू विश्वस्त हुन नसकेको बताउनुभयो ।

संविधान संशोधन प्रस्ताव मुलुकको हितमा नरहेको बताउँदै नेता नेपालले एमाले कुनै पनि हालतमा यसको पक्षमा रहँदैन भन्नुभयो ।

संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती हो उहाँले भन्नुभयो, ‘‘संविधान कार्यान्वयन नभएमा विभिन्न शक्तिले टाउको उठाउन खोजेका छन् । यसलाई परास्त गर्न पनि राजनीतिक शक्तिहरुबीच एकताको खाँचो छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना