शिवका सुन्दर भक्तिनी: कोही पहिले भाङ खाएर हाँसेको हाँस्यै, कोही व्रत बस्न सकेनन्

heroine-1काठमाडौँ । अभिनेत्रीहरुको यस पटकको महाशिवरात्री पर्वबारेको  छ ।

केकी अधिकारी : मलाई शिव भगवानप्रति आस्था छ । शिवरात्रीमा व्रत बस्ने गरेकी छु । यसपालि पनि व्रत बसेँ । सुटिङको क्रममा नेपालगन्ज छु । बिहान बागेश्वरी मन्दिर गएँ तर लाइन धेरै भएकाले भित्र गएर पुजा गर्न भ्याइन ।

रजनी केसी : म शिवकी भक्तिनी हुँ । हरेक सोमबार शिवको पूजाआराधना गर्ने गरेकी छु । शिवरात्री त मेरो लागि विशेष नै हुने भयो । यसपालि पनि मैले पशुपतिनाथको दर्शन गरेँ ।

झरना थापा : शिवरात्री म धुमधमााका साथ मनाउँछु । यसपालि पनि व्रत बसेँ । यसपालि भने मैले भाङ खाइन । पहिले भाङ खाएकी थिएँ । भाङ लागेर म त हाँसेको हाँस्यै भएछु । त्यसपछि खएको छैन ।

बर्षा सिवाकोटी : दुई तीन बर्षयता पशुपति जान पाएकी छैन । अहिले ज्वरो र रुघाखोकीका कारण घरमै आराम गरिरहेकीले यसपालि पनि पशुपति जान पाइनँ । टिभीमा पशुपतिको लाइभ हेरेँ ।  यो खबर आजको नयाँ पत्रिकामा

जाहान्वी बस्नेत : शिवरात्री मलाई एकदम मन पर्छ । शिव भगवानलाई मान्छु म । कामको सिलसिलामा दाङमा छु । त्यसैले पहिलोजस्तो मनाउन नपाउँदा नरमाइलो लागेको छ । ब्लडप्रेसर लो भएकोले गर्दा व्रत भने बस्ने गरेकी छैन ।

महिमा सिलवाल : म त शिवरात्री धुमधामका साथ मनाउँछु । यसपालि घरमा बुबाले शिव मन्दिर बनाउनुभएको छ । त्यही पूजाका लागि चितवन गीतानगर आएकी छु । रातभर व्रत बसेकी छु, सूर्योदय भएपछि मात्र व्रत समापन हुन्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग