पैतालामा स्वस्तिक ट्याटु, सोफियालाई समस्या

sssएजेन्सी । कुनै समय ‘बोल्ड’ अभिनेत्रीको छवि बनाएकी थिइन्, सोफिया हयातले । तर, अचानक एक वर्षअघि उनले घोषणा गरिन्– अब म भिक्षुणी बन्छु । लगत्तै उनले आफ्नो स्तनको सर्जरी पनि गराइन् । अत्यन्त चर्चामा रहेकी सोफिया त्यसपछि एकाएक हराइन् । अब फेरि यी अभिनेत्री चर्चामा आएकी छिन् । उनी चर्चामा आउनुको कारण हो– ट्याटु ।

सोफियाले पैतालामा स्वस्तिक चिह्नको ट्याटु बनाएपछि उनी चर्चामा आएकी मात्र होइनन्, कानुनी झमेलामा पनि फसेकी छिन् । पैतालामा स्वस्तिक चिह्नको ट्याटु देखिएको उनको फोटो सार्वजनिक भएपछि उनीविरुद्ध भारतको मुम्बईस्थित अमबोली प्रहरी स्टेसनमा उजुरी परेको छ ।

यति मात्र होइन, सोफियाले ट्याटु बनाएको कुरा सामाजिक सञ्जालमा हालेपछि अधिकांशले उनको आलोचना गरेका छन् । कतिले त उनलाई देशबाट बाहिर निकाल्नुपर्ने माग पनि गरेका छन् । कतिले चाहिँ यसलाई सोफियाको स्टन्टमात्र भएको प्रतिक्रिया दिएका छन् । यस्तो किन पनि भने भिक्षुणी बन्ने बताएको केही समयमा नै सोफिया फेरि ‘बोल्ड अवतार’मा देखिन थालेकी थिइन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए