पुनःनिर्माण प्राधिकरणद्वारा धुर्मुस–सुन्तलीलाई सद्भावना दूत बनाउने निर्णय

dhurmsuकाठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई एकीकृत बस्ती विकासको काममा जागरण एवं प्रोत्साहित गर्ने लक्ष्यसहित सद्भावना दूत बनाउने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेलको अध्यक्षतामा मंगलबार बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती निर्माण एवं विकाससम्बन्धी कार्यका लागि कलाकारद्वयलाई सद्भावनादूत बनाउने निर्णय गरेको हो ।

भूकम्पपछिको पुनःनिर्माणमा कलाकारद्वयले गरेको प्रयास सराहनीय र अनुकरणीय रहेको भन्दै प्राधिकरणले सो निर्णय गरेको विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ गिरानचौरमा कलाकारद्वयले भूकम्पपछिको पुनःनिर्माणकाक्रममा एकीकृत बस्ती निर्माण सम्पन्न गरेका छन् भने हाल महोत्तरीमा पनि सामूहिक बस्ती निर्माण गरिरहेका छन् ।

स्वपहलमा स्वदेश तथा विदेशबाट सहयोग जुटाएर निर्माण गरिएको सामूहिक बस्ती अनुकरणीय रहेको छ ।

बैठकले भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पश्चिमतर्फको भागलाई संरक्षण र प्रबलीकरणबारे जिम्मेवारीसमेत तोकेको जनाएको छ ।

कार्यकारी समिति सदस्य हरिराम पराजुलीको संयोजकत्वमा गठित कार्यान्वयन उपसमितिलाई सोही ढाँचामा सिंहदरबार परिसरमा रहेको ग्यालरी बैठकको पुनःनिर्माणको कार्य गर्ने जिम्मेवारी तोकेको छ ।

भूकम्पबाट प्रभावित व्यक्तिमध्ये अपांगता, ज्येष्ठ नागरिक, बालबालिका र विपन्न परिवारलाई दिइने थप सहुलियतलाई निर्धारण गरिएको विधिअनुसार अगाडि बढाउने निर्णय गरेको छ ।

यसैगरी, बैठकले पुस मसान्तसम्म पहिलो किस्ता लिइसकेका भूकम्पपीडितले चैत १५ गतेभित्र दोस्रो किस्ताका लागि आवेदन दिनका लागि पनि आग्रह गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत प्रा. डा. पोखरेलले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार