खप्तड गोल्ड कप पुरस्कार राशि दोब्बर,विजेतालाई ११ लाख ११ हजार

football1धनगढी, फागुन ९  – सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले दोस्रो संस्करणको ‘खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को पुरस्कारको राशि दोब्बर पारेको छ।

आगामी वर्ष हुने दोस्रो संस्करणको गोल्ड कप प्रतियोगिताका विजेतालाई ११ लाख ११ हजार १ सय ११ तथा उपविजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ पुरस्कार प्रदान गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।

गत पुस २१ देखि माघ १ गतेसम्म यहाँ सञ्चालन भएको पहिलो संस्करणको विजेता मनाङ मस्र्याङ्दीलाई पाँच लाख तथा उपविजेता सङ्कटालाई दुई लाख ५१ हजारसहितको पुरस्कार दिइएको थियो ।

पत्रकार सम्मेलनमा पहिलो संस्करणको प्रतियोगिता आयोजना गर्न भएको रु ७८ लाख १६ हजारको आयव्यय विवरणसमेत सार्वजनिक गरिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए