राणालाई हराउँदै राप्रपा अध्यक्षमा कमल थापा बहुमतले निर्बाचित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले २ हजार ८०४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी राणाले २५१ मत पाएको नेता राजाराम बर्तौलाले जानकारी दिए ।

राप्रपा अध्यक्ष चयनका लागि भएको मतदानमा कुल ३ हजार १३६ मत खसेको थियो, जसमध्ये ८१ मत भने बदर भएको छ ।

महाधिवेशनको पूर्वसंध्यामा राप्रपामा शीर्ष नेताहरुबीच कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भएको थियो । तर, सहमतिको मसी सुक्न नपाउादै डा। प्रकाशचन्द्र लोहनी पछि हटे र अध्यक्षमा लड्ने घोषणा गरे ।

लोहनीले अन्तिम समयमा मैदान छाडे तर, उनी निकट राणाको उम्मेदवारी परपछि थापा सर्वसम्मत हुन सकेनन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार