चुनाव नजिकिएसँगै सुरु भयो नेवि सङ्घ र वाइसिएल लफडा, दिनभर झडप

रुकुम, ८ फागुन । रुकुमको आठबिसकोटमा आज नेपाल विद्यार्थी सङ्घ र योङ्ग कम्युनिष्ट लिग(वाइसिएल)बीच झडप भएको छ । झडपका क्रममा स्थानीय सिमबजारमा रहेका स्थानीयका सातवटा घुम्ती पसल भत्केका छन् । आज दिउँसो नेवि सङ्घ र वाइसिएलका कार्यकर्ताबीच झडप हुँदा सिमबजारमा रहेका घुम्ती पसल भत्केको स्थानीयवासी कमल शाहले जानकारी दिनुभयो ।

गत ४ गते आठबिसकोटमा रहेको राडीज्युला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको उम्मेद्वारी दर्ताका क्रममा नेवि सङ्घका अध्यक्ष उम्मदवार सुजल शाहीमाथि वाइसिएलले आक्रमण गरेपछि यहाँको अवस्था तनाबग्रस्त बन्दै आएको शाहको भनाइ छ ।

आफ्ना उम्मेद्वारमाथि साङ्घातिक आक्रमण भएको भन्दै नेवि सङ्घले दोषीलाई कारबाहीको माग गर्दै आएको छ ।

आठबिसकोट इलाका प्रहरी कार्यालयका प्रहरीले शाहीमाथि आक्रमण गर्ने वाइसिएलका जिल्ला उपाध्यक्ष मानबहादुर चनारालाई पक्राउ गरे पनि प्रहरी नायब उपरीक्षक र प्रमुख जिल्ला अधिकारीले माओवादी केन्द्रका नेताको जमानीमा छोडिदिएका थिए । यहाँ दैनिकजसो नेवि सङ्घका कार्यकर्ता र वाइसिएलबीच झडप हुँदा राडीबजारका स्थानीयवासी सुरक्षा माग्दै प्रहरी कार्यालयमा जाने गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना