अप्ठ्यारोमा प्रधानमन्त्री प्रचण्ड, सहयोगीहरूले समेत साथ छोड्दै

pushpa-kamal-dahal-prachanda_650x400_81468312367 (1)काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यालय सिंहदरबार र निवास बालुवाटारमा परिवारवाद हावी भएको भन्दै बढेको असन्तुष्टिले संगठित रूपधारण गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य कार्यालय तथा निवास जान छाडेको एक महिना भइसकेको छ भने निजी सचिव जोखबहादुर महरा पनि राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।

समाचार स्रोतका अनुसार श्रीमती सीता दाहाल, छोरा प्रकाश, छोरी रेणु, बुहारी विना, भाइ नारायण दाहालको इसारा बेगर प्रधानमन्त्री प्रचण्ड स्वयंले पनि स्वतन्त्र ढंगले काम गर्न नसक्ने अवस्था देखिएपछि प्रेस सल्लाहकार आचार्य रुष्ट बनेका हुन् । आचार्य जान छाडेपछि उनको कुर्सीमा प्रचण्डका भाइ नारायण दाहाल बस्ने गरेको बुझिएको छ ।

प्रेस सल्लाहकारको भूमिकामा चक्रपाणि खनाल देखिएका छन् । भाइ नारायण प्रशासनिक सल्लाहकार भएका कारण टंकमणि शर्मा र झंकनाथ ढकाल पेण्डुलम बनेका छन् । नारायण दाहाल हावी भएपछि राजीनामा दिने मनस्थितिमा शर्मा र ढकाल छन् ।

समाचार स्रोतका अनुसार चुरेको गिट्टी बालुवा भारत निकासीका लागि प्रधानमन्त्री प्रचण्डले अघिल्लो आइतबार मन्त्रिपरिषद् बैठकमा आकस्मिक रूपमा ठाडो प्रस्ताव लगेका थिए ।

मुख्यसचिव सोमलाल सुवेदीको सुझबुझका कारण यो प्रस्ताव थाती रह्यो । यो प्रकरणमा प्रधानमन्त्री प्रचण्डका परिवारले तस्करहरूबाट एकमुष्ट ५१ करोड रुपैयाँ र त्यसपछि मासिक एक करोड रुपैयाँ लिने गरी लाइन बनाइसकेको प्रचार आएकाले पनि उनीहरुलाई अप्ठ्यारो भएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार