फेसबुकमार्फत यौनधन्दाको नयाँ सञ्जाल

काठमाडौं – महानगरीय अपराध महाशाखामा २१ बर्षीया युवती उजुरी लिएर आइन् । अपरिचित युवकले फोनमार्फत बारम्बार यौन सम्बन्ध राख्न प्रस्ताव राख्ने र तारन्तार अश्लील म्यासेजले उनी हैरान थिइन् । महाशाखाले तुरुन्तै मोबाइल प्रयोगकर्ता सागर धिताललाई ललितपुरको ग्वार्कोबाट पक्राउ गर्यो ।

सागरले कहिल्यै नचिनेकी केटीको फोन नम्बर एउटा फेसबुक अकाउन्टबाट पत्ता लागेको बताए । त्यसपछि प्रहरीले अश्लील नामको फेसबुक अकाउन्टतिर अनुसन्धान थाल्यो । उत्त अश्लील अकाउन्ट २ बर्ष अमेरिका बसेर फर्केपछि एक निजी कम्पनीमा लेखापलको काम गर्ने सुरज बस्नेतले चलाएका रहेछन् ।

अनौठो त के भने, यौनधन्दाकै सञ्जाल फैलाउनकै लागि बस्नेतले उक्त फेसबुक अकाउन्ट चलाएको देखिन्छ ।

जहाँ विभिन्न २३ वटा युवतीका फोन नम्बर सार्वजनिक गरिएको छ । उनले नाम र फोन नम्बर सार्वजनिक गरेको उक्त फेसबुक अकाउन्टलाई यौन सम्बन्ध राख्न सकिने भन्दै सूचना दिन्थे । बस्नेत आफै पनि कैयन युनतीसँग फोन वा फेसबुकमार्फत सम्पर्कमा पुग्ने, उनीहरुलाई यौन सम्बन्धको लागि बाध्य बनाउने गरेको अनुसन्धानले देखाउँछ ।

फेसबुकमार्फत यौनधन्दाको सञ्जाल चलाउने यस्तो अभ्यास नौलो र खतरनाक भएको प्रहरीले बताएको खबर आजको कान्तिपुरमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए