टीकाटालोको एक दिनअघि युवतीमाथि सामूहिक बलात्कार, बलात्कारको भिडियोसमेत खिचियो

टीकाटालोको एक दिनअघि युवतीमाथि सामूहिक बलात्कार, बलात्कारको भिडियोसमेत खिचियो

२ फागुन ।

कपिलवस्तु पकडी क्षेत्रमा विवाहका लागि टीकाटालो गर्ने तयारीमा रहेकी एक युवतीलाई सामूहिक बलात्कार गरिएको छ । बलात्कारमा संलग्न व्यक्तिले बलात्कार गर्दै गरेको भिडियो खिची इन्टरनेटमा अपलोडसमेत गरेको पाइएको छ । टीकाटालोको एक दिनअघि १७ वर्षीया ती युवतीलाई खेतमा लगी सामूहिक बलात्कार गरिएको हो । सोमबार उनको टीकाटालो हुँदै थियो ।

लुम्बिनी अञ्चलका एसएसपी दिपक थापाले सो घटनामा ६ जना युवाको सहभागिता रहेको भन्दै दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा पकडी क्षेत्रका राहत हुसैन र अब्दुल रसिद छन् ।

उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जबरजस्ती करणी मुद्दाअन्र्तगत अनुसन्धान भइरहेको छ ।

राजधानी दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार