डिएनए शतप्रतिशत मान्य हुन्नस् सर्वोच्च, डिएनए कसरी गलत हुन्छ – त्रिपाठी,

sarbachho-adalatकाठमाडौं – सर्वोच्च अदालतले डिएनए परीक्षण प्रतिवेदनलाई शतप्रतिशत सत्य मान्न नसकिने फैसला सुनाएको छ । यो खबर आजको नागरिकमा छ ।

अंशसम्बन्धी एक मुद्दामा न्यायाधीश दीपकुमार कार्की, केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको पूर्ण इजलासले डिएनए परीक्षण प्रतिवेदन शतप्रतिशत सत्य मान्न नसकिने फैसला सुनाएको हो ।
अदालतले अन्य प्रमाणको आधारमा पनि अंश दिन सकिने नजिर स्थापना गरेको छ ।

डिएनए गलत हुदैन
‘डिएनए गलत मान्नु अदालतले विज्ञानमाथि गरेको अन्याय हो । कुनै ल्याबको गल्ती हुन सक्छ तर डिएनए गल्ती हुदैन । अदालतलाई शंका लागेमा अर्को ल्याबमा परीक्षण हुन सक्थ्यो । कि त नेपाल बाहिर नै पठाउनुपर्थ्र्यो । डिएनएलाई आधार मानिदैन भन्न मिल्दैन ।’ त्रिभुवन विश्वविद्यालयका मोलिकुलर बायोलोजीका सह प्राध्यापक गिरी त्रिपाठीले भने –
‘संसारमा सबैभन्दा विश्वासिलो र भरपर्दो डिएनए नै हो । प्लास्टिक सर्जरीले बाहिरी आकृति परिवर्तन गर्न सक्छ तर डिएनएले केही परिवर्तन गर्न सक्दैन ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग