गुफैगुफा भएको कुस्मा नजिकै भेटियो अर्को आकर्षक गुफा

laleshor gufa
पर्वत /पर्वतको चुवामा एक गाउँमा नयाँ गुफा फेला परेको छ ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका स्थित वार्ड नं. १२ चुवामा हालै नयाँ गुफा भेटिएको हो । चुवामा रहेको लालेश्वर शिव मन्दिर नजिकै केहि हालै पत्ता लागेको नयाँ गुफाको नाम लालेश्वर राखिएको छ ।
झण्डै ३ सय मिटर लामो उक्त गुफा भित्र विभिन्न देवि देवताका आकृति, बथेको पानी र अन्य मनमोहन दृश्यहरु भेटिएका छन् । सानो दुलोको रुपमा देखिने गुफा संरक्षणका लागि स्थानियले चासो देखाएपछि ठुलो गुफाको रुपमा भेटिएको हो । पछिल्लो समय स्थानिय वासीको सक्रियतामा गुफाको पहिचान गर्न थालिएपछि गुफा भित्र पसेर अवलोकन गर्दा आश्चर्यमा परेको स्थानिय मुगा पोखरेलले जानकारी दिनुभयो ।
अहिलेसम्भ पहिचानको अभावमा ओझेलमा परेको लालेश्वर गुफा संरक्षणका लागि चुवावासीहरु क्रियाशिल भएका छन् । बाहिर हेर्दा समान्य भएपनि भित्र गएर हेर्ने र यसको उचित संरक्षण र प्रचार प्रसार गर्ने काममा कसैको चासो पुग्न सकेको थिएन पोखरेलले भन्नुभयो–‘संरक्षण समितिनै बनाएर यसको संरक्षणमा जुटेका छौ ।’ हालै मात्र स्थानीय वासीहरुले लालेश्वर गुफा संरक्षण समिति गठन गरि यसको प्रचारप्रसारमा जुट्न थालेका छन् ।
स्थानियवासीले हालै श्रमदान गरेर गुफाको भित्रि भाग र बाहिरी भाग समेत सरसफाई गरेका छन् भने उक्त स्थानमा आवश्यक पुर्वाधार समेत निर्माण गर्न थालिएको छ । अहिले गुफा सम्म जाने गोरेटो बाटो समेत निर्माण गरिसकिएको स्थानिय खिमलाल पोखरेलले जानकारी दिनुभयो । लालेश्वर मन्दिर नजिकै भेटिएको हुनाले अहिले गुफाको नाम लालेश्वर गुफा राखिएको उहाँले बताउनुभयो ।
उक्त गुफाको प्रचार प्रसार र प्रवद्र्धन गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने स्थानियको भनाई रहेको छ । पोखरा–बागलुङ राजमार्ग भन्दा झण्डै १ किलोमिटरको दुरीमा रहेको उक्त गुफाको विकासका लागि आवश्यक सहयोग गर्न स्थानियले माग गरेका राजमार्ग भन्दा झण्डै १ किलोमिटरको दुरीमा रहेको उक्त गुफाको विकासका लागि आवश्यक सहयोग गर्न स्थानियले माग गरेका छन् । laleshor gufa (2)
गुफा भित्र जाँदा निकै मनमोहक र प्राकृतिक बनाटवका हिसावले आकर्षक रहेको छ रुथानिय धनन्जय पौडेलले भन्नुभयो भित्र लगभग ३ सय मिटर भित्रसम्म ढुंगाका विभिन्न कलात्मक बनावट र मूर्तिहरु रहेको र सफा पानी समेत बगिरहेको छ । गुफाभित्र विभिन्न ठाउँंमा निहुरेर भित्र गएपछि झनै आकर्षक दृश्यहरु देख्न पाईने स्थानियले बताए ।
गुफा संरक्षणका लागि स्थानिय विष्णु पोखरेलको अध्यक्षतामा संरक्षण समिति समेत गठन गरिएको छ । गुफाको प्रवद्र्धनका लागि यसको व्यवस्थित योजना बनाएर प्रचार प्रसारमा लाग्ने र सवै सञ्चार माध्यमलाई अवलोकनका लागि अपिल गर्ने तथा विभिन्न स्थानहरुमा जानकारीमुलक साईनवोर्डहरु राख्ने निर्णय समितिले बनाएको छ ।
पर्वतको देउपुर गाविसमा पनि केहि महिना अघि नयाँ गुफा फेला परेको थियो । यस बाहेर गुप्तेश्वर, अलपेश्वर गुफा धार्मिक र पर्यटकीय हिसावले मुलुकभरिनै प्रचलित रहेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार