पर्वतको धाइरिङ्गबाट गोरु काटेको अभियोगमा पाँच पक्राउ

hatkadi
पर्वत । गोरु काटेर खाएको आरोप पर्वत प्रहरी धाइरिङ ८ बाट ५ जना पक्राउ परेका छन ।
गोरु काटेर खाएको सुचनाका आधारमा प्रहरीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा धाइरिङ गाविस वडा न ८ का झिल्के दर्जी, छवि परियार, सन्तु दर्जी, आइते दज, नरबहादुर दमाई रहेका छन ।
उनीहरुले मंगलबार गोरुको बध गरेको प्रहरी नायव उपरिक्षक शेखर खनालले बताए । ‘हामीलाई सुचना बुधवार मात्र आयो’ खनाल भन्छन–‘नियमानुसार गौ बध कसुर अनुसार मुद्दा चलाउने तयारी गर्दैछौं ।’ नेपालकोक कानूनले गौबधलाई कानूनी रुपमा बन्देज गरेपछि गाउँघरहरुका केही समुदायले अझै पनि गोरुको मासु खाने गरेका छन । खनाल भन्छन–‘गोरुलाई बध गरेको मुचुल्का र छाला सहितका प्रमाणहरु बध स्थलबाट हामीले नियन्त्रण गरेका छौं ।’ आरोपितहरुलाई बिहिबार नै कसु बमोजीमको मुद्दा चलाउने तयारी भईरहेको प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिए ।
समाप्त माघ २७

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग