अवैध सम्बन्ध लुकाउन प्रहरी हवल्दारद्वारा परस्त्रीको हत्या

अवैध सम्बन्ध लुकाउन प्रहरी हवल्दारद्वारा परस्त्रीको हत्या

जिल्लामा प्रहरीबाटै एक महिलाको हत्या भएको रहस्य खुलेको छ । भेरी मालिका–४ बोहराकी २८ वर्षीया राधिका सुनारको हत्या भएको पाँच दिनपछि हत्यामा प्रहरी हवल्दार कमल सुनार संलग्न रहेको रहस्य खुलेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट राधिकाको हत्या गत शनिबार भएको थियो । आइतबार बिहान राधिकाको शव भेटिनसाथ प्रहरीले हत्याराको खोजी सुरु गरेको थियो । सुरुमा राधिकाका पति दलबहादुरलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । राधिकाले प्रयोग गर्ने मोबाइलको कल डिटेलबाट हत्यामा हवल्दार कमल संलग्न रहेको पुष्टि भएको प्रहरीको भनाइ छ । अभियुक्त कमललाई बुधबार नै म्याद थप गरी ज्यान मुद्दा चलाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

‘अनुसन्धानबाट हत्यामा उसको संलग्नता खुलेको छ, अब कारबाहीको प्रक्रिया सुरु गरिसकियो,’ प्रनाउ रिमालले भने । राधिकाको हत्यामा कमलको संलग्नता पुष्टि भएपछि बुधबार नै प्रहरी नियन्त्रणमा रहेका राधिकाका पति दलबहादुरलाई रिहा गरिएको प्रहरीले जनाएको छ । राधिकाका परिवारका आफन्तले निर्दोष दलबहादुरलाई प्रहरीले दुःख दिएको भन्दै आपत्ति जनाएका छन् । हत्यारालाई हदैसम्मको कारबाही गर्नुपर्ने र दलबहादुरलाई क्षतिपूर्ति र बालबच्चाको गाँसबास सुनिश्चित गर्नुपर्ने माग गर्दै महिलाहरूले बुधबार जिल्ला प्रहरी कार्यालयमा घेराउ गरेका छन् ।

हत्यामा संलग्न प्रहरी हवल्दार कमल जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँट कार्यरत थिए । उनले के कारणले राधिकाको हत्या गरेका हुन्, सोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूबीच अवैध सम्बन्ध रहेकाले कमलले राधिकाको हत्या गरेको आशंका गरिएको छ ।

राजधानी दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए