सशस्त्रका आईजीपी राईद्वारा राज्यकोषको चरम दुरुपयोग

काठमाडौं, २७ माघ-एक सातापछि अवकाश पाउन लागेका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले जिल्ला जिल्लामा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटनका नाममा राज्यकोषको चरम दुरुपयोग गर्दै आएका छन् । माघ महिनामा मात्रै उनले ११ ओटा जिल्लामा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटन गरेका छन्, आजको राजधानीमा खबर छ ।Durja-Kumar-Rai
मुलुकको सुरक्षा अवस्थालाई बेवास्ता गर्दै र सशस्त्र प्रहरी बलको प्रशासनिक कामलाई थाँती राखेर भवन उद्घाटनका नाममा निस्कँदा उनले अधिकाँश ठाउँमा हेलिकोप्टरको प्रयोग गरेका छन् । भ्रमणमा जाँदा उनले आफ्ना छोरा भतिजलाई पनि सँगै लैजाने गरेको र महंगो होटलमा बस्ने गरेको सशस्त्र मुख्यालय स्रोतले जनाएको छ ।
पुस नराम्रो महिना भन्दै माघ लागेलगत्तै भ्रमणमा निस्केका सशस्त्र प्रहरी महानिरीक्षक राईले अहिलेसम्म पाल्पा, बुटवल, भोजपुर, मुस्ताङ, संखुवासभा, खोटाङ, रसुवा र गोरखा गुल्ममा पहिला नै निर्मित भवनको उद्घाटन गरेका हुन् । यस्तै, माघभित्रै उनी नेपालगञ्ज, जनकपुर र वीरगञ्जमा रहेका सीमा सुरक्षा कार्यालयको भवन उद्घाटन कार्यक्रममा सहभागी भए । स्रोतका अनुसार, जनकपुर र नेपालगञ्जबाहेक सबै ठाउँमा उनले हेलिकोप्टर प्रयोग गरेका थिए ।
उद्घाटन गर्दा भवनको शिलालेखमा आफ्नो नाम लेख्न पाइने भएकाले दीर्घकालीन महत्वका कामलाई थाँती राखेर उनी त्यहाँ गएका हुन् ।
सशस्त्र प्रहरी प्रमुख राईले पछिल्लो पटक भवन उद्घाटन गरेको खोटाङ गुल्मको हो । सोमबार खोटाङमा हेलिकोप्टर मार्फत गएका सशस्त्र प्रहरी महानिरीक्षक राईले त्यहाँ गुल्म स्थापनाका लागि निःशुल्क जग्गा दिने २५ जना स्थानीय दातालाई सम्मानपत्र प्रदान गरेका थिए । दिक्तेल नगरपालिका–११ का स्थानीयवासीले ४३ रोपनी जग्गा गुल्मलाई निःशुल्क उपलब्ध गराएका थिए भने ३० रोपनी जग्गा मुआब्जा दिएर गुल्मका नाममा ल्याइएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना