राजधानीमा दुई वर्षभित्र स्काई रेल !

राजधानीमा दुई वर्षभित्र स्काई रेल !

काठमाडौं महानगरपालिकाले राजधानीमा स्काई रेल सञ्चालनबारे सम्भाव्यता अध्ययन गर्ने भएको छ । वाईबीडी साइमेक्स कम्पनी र महानगरपालिकाबीच बुधबार स्काई रेल चलाउने सम्भाव्यता अध्ययन अघि बढाउन द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार आगामी दुई वर्षभित्र काठमाडौंमा ‘मोनो रेल’ प्रणालीजस्तै स्काई रेल सञ्चालन गरिनेछ ।

साइमेक्सले तीन देखि चार महिनाभित्रै १० किलोमिटरसम्मको रुटमा स्काइरेल चलाउने विषयमा सम्भाव्यता अध्ययन गरेर महानगरपालिकालाई ‘रिपोर्ट’ बुझाउनेछ । काठमाडौंको अधिकांश क्षेत्रको अध्ययन सक्न कम्पनीलाई एक वर्ष लाग्नेछ ।

अध्ययनअनुसार स्काई रेल चलाउन सक्ने देखिए एक वर्षभित्रै सञ्चालनमा आउन सक्ने साइमेक्सका अध्यक्ष प्रसिद्ध पाण्डेको दाबी छ ।

अन्नपूर्ण पोस्टबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार