जिफन्ट पर्वतको अध्यक्षमा लामिछाने

gfontपर्वत,मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ पर्वतको जिल्ला भेला बुधबार सम्पन्न भएको छ । जिल्ला सम्मेलन आयोजक कमिटि सञ्चालनका लागि कमिटि बनाउने उद्देश्यले भेलाको आयोजना गरिएको हो ।
भेलाले खेम लामिछानेको अध्यक्षतामा ९ सदस्यीय आयोजक कमिटि विस्तार गरेको हो । उपाध्यक्षमा खगेश्वरी शर्मा, सचिवमा रमा श्रेष्ठ, उपसचिवमा कमला पौडेल रहेका छन् । त्यस्तै सदस्यहरुमा खेमराज सुवेदी, बाबुराम सापकोटा, अशोक सुवेदी, अनुपा राई र कृष्ण विक रहेका छन् ।
भेलाको अवसरमा बोल्दै नेकपा एमाले जिल्ला कमिटि पर्वतका उपाध्यक्ष भक्त कुँवरले वर्तमान् सरकारले मजदुरहरुको हितमा कुनै पनि कार्य गर्न नसकेको बताउदै एमालेको नेतृत्वमा सरकार गठन भएमा मात्रै मजदुरको हितमा काम हुने बताए । उनले समान काम को समान ज्यालाका पक्षमा एमालेले विगत देखिनै आवाज उठाउँदै आएको बताउँदै नेकपा एमाले नै जनताको पार्टी भएको बताए ।
कार्यक्रममा एमाले पर्वतका उपसचिव गोविन्द पहाडी, रुद्रबहादुर खत्री, खुमप्रसाद सुवेदी, ख्याम लामिछाने, दलबहादुर मल्ल, पर्शुराम सुवेदी, शान्त पौडेल, रुद्र गिरी लगायतको बोलेका थिए । रामबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नन्दलाल अधिकारीले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना