राप्रपा पर्वतको अध्यक्षमा गिरी निर्वाचित

16558997_10210792020109716_1898939802_nपर्वत/राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकरण पछिको पहिलो एकता अधिवेशनले पर्वतमा इश्वर गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । मंगलबार र बुधबार दुई दिन सम्म सञ्चालित जिल्ला अधिवेशनले गिरीलाई अध्यक्षमा चयन गरेको हो ।
गिरी राप्रपाको तदर्थ समितिमा बरिष्ठ उपाध्यक्ष रहेका थिए । राप्रपाका केन्द्रीय सदस्यत्रय शेरबहादुर गुरुङ, इच्छाबहादुर गुरुङ र रणबहादुर क्षेत्री, देवेन्द्र विक्रम महत, क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष टेकबहादुर जिसी र क्षेत्र नं. २ का अध्यक्ष दुर्गाबहादुर मल्लको समन्वय समितिले गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अध्यक्षका लागि वर्तमान् अध्यक्ष ठाकुर प्रसाद भूसाल र इश्वर गिरीको उम्मेदवारी परेपछि समन्वय समिति तय गरिएको थियो । उक्त समन्वय समितिमा अध्यक्षका दावेदार दुवै जना गिरी र भूसालले समितिले गरेको निर्णय स्वीकार गर्ने गरी लिखित रुपमा मञ्जुरी नामा दिएपछि उक्त समितिले आज बुधबार इश्वर गिरीको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति विस्तार गरेको हो ।
समितिको सदस्यहरुमा क्रमस ठाकुरप्रसाद भूसाल, देवेन्द्रविक्रम महत, मानकुमारी गिरी, नुमादेवी भट्राई, हेमलाल पौडेल शर्मा रहेका छन् । त्यसै गरी प्रकाश पौडेल, दुर्गाबहादुर खाँड, प्रभु गुरुङ, दुर्गा श्रेष्ठ, ठाकुर बम मल्ल, जगतबहादुर पौडेल, नारायणदत्त भूसाल, शेरबहादुर थापा, गोपीचन्द्र शर्मा र हेमप्रताप सेन पनि राप्रपाको जिल्ला सदस्यमा चुनिएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार