छोरा जन्माउन यसो गर्नुस्

babyसन्तान प्राप्तिबारे भारतको एक पत्रिकाले केहि धार्मिक विश्वास सँग जोडिएको प्रसंग प्रकाशन गरेको छ । भारतीय पत्रिका मंगलमले छोरा जन्माउनका लागि धार्मिक आस्थासँग जोडिएको केही तरिका बारे जानकारी गराएको हो ।

छोरा जन्माउनका लागि लेखमा महिलालाई ६ तरिकाबारे जानकारी दिएको छ जसलाई अपनाएर छोरा जन्मिने बताइएको छ । baby

स्वास्थ्य सम्बन्धि जानकारी दिने पत्रिकाको अनुसार यदि महिलाले धेरै खाना खान्छिन् र पश्चिमतर्फ मुख फर्र्काएर सुत्छिन् भने उनी छोरा जन्माउन सक्षम हुन्छिन् ।

यस्तै, महिलाले हप्तामा कुन दिन सम्भोग गर्दा छोरा हुन्छ भन्ने विषयमा पनि सल्लाह दिएको छ र यदि कसैले छोरा जन्माउन चाहेमा ती महिलाले कहिले पनि बिहानको नास्ता छोड्न नहुने पनि उक्त पत्रिकाले बताएको छ ।

लेखका अनुसार हप्ताको केही विशेष दिन शुक्राणु निकै सक्रिय हुन्छ जसका कारण छोरा जन्मिने सम्भावना बढ्छ । पुरुषले अमिलो खानेकुराहरु खान छोडेर शुक्राणुलाई बलियो बनाउन सक्ने सल्लाह पत्रिकाले दिएको छ ।
महिलाको अधिकारको विषयमा आवाज उठाउने ‘द लेडिज फिंगर’ ले यो लेखको अनुवाद प्रकाशित गरेको छ ।
पत्रिकाले व्यंगात्मक शैलीमा टिप्पणी गरेको छ, ‘लिंग परिक्षणविरुद्ध बनेको सबै कानूनका लागि यो ठूलो राहतको कुरा हो । कमसेकम यो विषयमा एउटा चेकलिष्ट छ जसलाई छोरा जन्माउनका लागि अपनाउन सकिन्छ ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग