चुनाबमा ऋण लागेपछि आइएसआइको एजेण्ट

वीरगञ्ज ।दोस्रो संविधानसभाको निर्वाचनमा उम्मेदवार भएर दुई करोड ऋण लागेपछि बारा कलैया नगरपालिका ८ का सम्सुल होदा आईएसआईको एजेण्ट बनेको खुलासा भएको छ । प्रहरीले होदालाई पक्राउ गरेपछि यस्तो खुलासा भएको हो ।
होदा दोश्रो संविधान सभाको निर्वाचनमा बाराको क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीका तर्फबाट प्रत्यक्ष तर्पm चुनाव लडेका थिए । उनले चुनावमा मात्र ६३ मत पाएका थिए ।
चुनावमा साढे दुई करोड रुपैयाँ ऋण लागेपछि उनी दुई वर्ष पहिले दुवई गएका थिए । दुवईमा पुगेपछि अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग सम्पर्क गरी अपराधिक गतिविधि गर्दै आएको प्रहरीको दाबी छ । दुई वर्षदेखि उनले त्यही गिरोहका लागि नेपाल र भारतमा आपराधिक गतिविधी गर्दै आएको अनुसन्धानका क्रममा खुलेको बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।
सुरुमा भारतीय जाली नोटको कारोबारमा लागेका होदाले केही समय यता दुवईमा बसेर आईएसआईको एजेन्ट भइ भारतको विभिन्न स्थानमा बम विस्फोट गराउने गतिविधि गर्दै आएका थिए ।
पाकिस्तान, मलेसिया र दुवईमा बसेर पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको निर्देशनमा आपराधिक गतिविधि गर्दै आएका होदासहित पाँचजना नेपालीलाई बारा प्रहरीले पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको छ । होदा दुवईमा बसेर अन्तर्राष्ट्रिय आपराधिक गिरोहका लागि नेपाल र भारतमा अपराधिक गतिविधि गर्दै आएका थिए ।
होदा सँगै मंगलबार पक्राउ परेका बाराको महागढीमाई नगरपालिका तेगछीयाका २७ बर्षीय गिरी बाबा भन्ने बृजकिशोर गिरी, कलैया नगरपालिका ४ का २४ बर्षीय आशीष सिंह, कलैया नगरपालिका १० का ३५ बर्षीय मोजाहीर अन्सारी र कलैया नगरपालिका ४ का २३ बर्षीय उमेश कसमारलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए