मृगौलापिडितलाई पर्वत सेवा समाज पोर्चुगलको सहयोग

16651710_1269036129798155_1533318841_nपर्वत/मृगौलाले थलिएर उपचाररत रहेकी एक युवतीलाई पर्वत सेवा समाज पोर्चुगलले नगद सहयोग गरेको छ । कुश्मा नगरपालिका ४ की संगीता शर्माको दुवै मृगौला फेल भएपश्चात उपचारको क्रममा रहेकी उनलाई पर्वत सेवा समाज पोर्चुगलले ३६ हजार नगद सहयोग गरेको हो ।

एकता युवा क्लवको समन्वयमा उक्त सहयोग रकम समाजका अध्यक्ष राजकुमार मल्लले प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीसहित संयुक्त रुपमा पिडितका बुवा टंकप्रसाद शर्मालाई हस्तान्तरण गरेका छन् ।

पर्वत समाज सेवा पोर्चुगलको सहयोगप्रति आभार व्यक्त गर्दै पिडितका पिता शर्माले छोरीको जीवनरक्षाका लागि आफूले मृगौला दान गर्ने बताए । ‘भाद्र २४ गतेदेखि छोरीको महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ,’ उनी भन्छन्, ‘छोरीको जीवनरक्षाका लागि मृगौला दान गर्न सबै कानुनी प्रक्रिया पुरा गरिसकेको छु ।’ आगामी महिनाभित्र छोरीको मृगौला परिवर्तन गर्ने उनले बताए ।16521719_1269036553131446_1395293247_n

यसका लागि हालसम्म छ लाख रुपैयाँ खर्च भईसकेको र मृगौलादानको लागि ३० लाख जति रकम आवश्यक पर्ने हुँदा सबैलाई सहयोग गर्न उनले अनुरोध गरेका छन् । हिमालय माविमा प्राथमिक तहमा शिक्षण पेशामा संलग्न शर्माले आर्थिक स्रोत जुटाउनमा सबैले मानवीय नाताले सहयोग गर्न आग्रह गरेका छन् ।

त्यस्तै सहयोग हस्तान्तरण पश्चात अध्यक्ष मल्लले आगामी दिनमा पनि थप सहयोगका लागि अभियान चलाउने बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी मरासिनीले एकता युवा क्लवले मानवीय तथा सामाजिक क्षेत्रमा गरेका कार्यको प्रशंसा गर्दै पिडितको रक्षाका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए