मेस्सीले राखे फेरी अर्को किर्तीमान

lionel-messi-free-kick-goals-barcelona-record-1458043028-800बार्सिलोना – लियोनेल मेस्सीले बार्सिलोनाको लागि अर्को किर्तिमान तोड्दै क्लबका लागि फ्रिकिकबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

एथ्लेटिक बिल्बाओविरुद्ध फ्रिकिक मार्फत गोल गर्दै रोनाल्ड कोमानको २६ गोलको किर्तिमान तोडेका हुन् ।
शनिबार भएको खेलमा बार्सिलोना १–० ले अगाडि रहेको अवस्थामा ५ पटकका बालोन डि’ओर विजेता खेलाडीले फ्रिकिकमार्फत गोल गरेका थिए ।

फ्रिकिकमार्फ उनको यो २७ औँ गोल थियो ।

गत जनवरीमा एथ्लेटिकविरुद्ध कोपा डेलरेमा फ्रिकिक मार्फत गोल गर्दै मेस्सीले कोमानको किर्तिमान बराबरी गरेका थिए ।

हाल एभर्टनका प्रशिक्षक रहेका कोमानले सामाजिक सञ्जालबाट मेस्सीलाई बधाई दिएका थिए ।

सो खेलमा एलेक्सिस भिडालले गोल गर्दै यो सिजन बार्सिलोनाको १ सयौँ गोल पनि पूरा गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार