पर्वतको कुस्मामा रोकि राखेको बसमा कसले लगायो आगो ?

busपर्वत सदरमुकाम कुश्मा बजार स्थित जिरो किलोमिटरमा पार्किङ गरीराखिएको बसमा आइतबार राती आगो लागेको छ ।
रातको ११ बजेको समयमा पार्किङ गरि राखिएको ध १ ख ५१४ नम्बरको बसमा आगो लागेको हो ।

बागलुङ–कुश्मा अन्तर्गतको रुटमा चल्ने उक्त बसमा आगो लाग्दा गाडिको बडि, सिसा, सिटि, सिलिङ जलेर नस्ट भएका छन ।

 

गाडीमा आगो लागेपछि स्थानीयको प्रयासमा थप क्षति हुन बाट बस जोगिएको स्थानीय शिव प्रसाद शर्मा रेग्मीले जानकारी दिए । बसमा आगो लागेको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

उता, स्थानीयबासले भने बस भित्रको वारिङ सट भएर आगो लागेको बताएका छन । आगलागीबाट लाखौं रकम क्षति भएको छ । केहि महिना पहिला पर्वतको वस स्टपमा पार्किङ गरी राखिएको एक बसमा पनि आगो लागेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए