भारतबाट हतियार काठमाडौं भित्रिरहेको खुलासा

gun-firingभारतबाट पेस्तोल ल्याएर काठमाडौं पुर्याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ । नेपालगन्ज ८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हो । यूएसए ५४ एमएमको पेस्तोल, त्यसको तीन राउन्ड गोली र एक थान म्याक्जिनसहित प्रहरीले पठानलाई पक्राउ गरेको छ ।

लागूऔषध ब्युरोको टोलीले जमुनाहाबाट पठानलाई नियन्त्रणमा लिएको हो । पठानको साथमा दुई पुरिया ब्राउनसुगर पनि थियो । भारतको रिसियाबाट पेस्तोर र गोली बोकेर आएका पठानले काठमाडौं सप्लाई गर्ने खुलासा गरेका छन् ।स्रोतका अनुसार पठानको समुहमा अझै आधा दर्जन रहेका छन् ।

भारतबाट नेपालगन्ज र नेपालगन्जदेखि काठमाडौंसम्म साना हतियार पुर्याउनका लागि एउटा गिरोह नै सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । काठमाडौंमा क कस्ले यहाँबाट हतियार मगाउँछन् भन्ने बारेमा पनि सेधीखोजी थालिएको प्रहरीले बताएको छ । यस्ता साना हतियार डन हरुले बढी प्रयोग गर्ने गरेको सम्बद्धहरु बताउँछन् ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना