पर्वत महोत्सबमा पाँच करोडको कारोबार , डेढ लाख दर्शक आयोजकले सोचे भन्दा ऐतिहासिक र भब्य बन्यो महोत्सब

pashupati-1

पर्वत /पर्वतको सदरमुकाम कुस्माबजारमा माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सब आयोजकले सोचे भन्दा भब्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।
माघ १३ देखि २२ सम्म आयोजना भएको महोत्सबमा सोचे भन्दा बढी दर्शक र कारोबार गर्दै महोत्सब ऐतिहासिक र भब्य रुपमा सम्पन्न भएको हो ।
महोत्सब मुल आयोजक समितिले दिएको जानकारी अनुसार महोत्सब डेढ लाख दर्शकले अवलोकन गरेका छन भने झण्डै ५ करोड बराबरको कारोबार भएको छ । महोत्सबमा आयोजकले ४ करोडको कारोबार हुने र एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखेका थिए ।‘यो महोत्सब ऐतिहासिक र भब्य रुपमा सम्पन्न भएको छ’ महासचिब ठाकुर बि पौडेलले भने ‘महोत्सबमा सोचे भन्दा बढी दर्शक र कारोबार भएकाले ऐतिहासिक र भब्य रुपमा सम्पन्न भएको छ’
महोत्सबको समापनका दिनमा समेत दर्शक खचाखच भरिएका थिए । अन्तिम दिन १४ हजारले टिकट नै काटेर महोत्सबको अवलोकन गरेका छन। सामान्यतया समापनका दिनमा दर्शकको चाप कम हुने भएपनि शनिबार परेका कारण दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो । कलाकारहरु याम क्षेत्री, शान्तिश्री परियार लगायतले भरपुर मनोरञ्जन दिलाएका थिए । यसपटक स्टलहरुमा पनि अघिल्ला महोत्सब भन्दा बढी कारोबार भएको छ भने रमाईलो मेला र अन्य क्षेत्रले पनि सोचे अनुसार नै कारोबार गरेको जनाएका छन । महोत्सबको दोस्रो दिन झरीले प्रभावित बनाएपछि त्यसपछि सबै दिन दर्शक खचाखच भएको आयोजकले जानकारी दिएका छन । महोत्सबको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । parbat-mahoshab-darsak
समापन कार्यक्रममा बोल्दै मुल आयोजक समितिका संयोजक हरिओम शर्मा लामिछानेले पर्वत जिल्लाको एतिहासमा महोत्सब सबैभन्दा सफल र ऐतिहासिक रुपमा सम्पन्न भएको बताए । ‘यस्तो भब्य महोत्सब बन्छ भनेर कल्पना पनि गरेका थिएनौ’ उनले भने ‘दर्शक र सबै क्षेत्रको माया पाएका छौ’ उनले भने । महोत्सबमा बाँकी रहेको रकमबाट सिटी हल निर्माण र खेलकुद मैदान बनाउने लक्ष्यलाई ठुलो सहयोग पुगेको उनले बताए ।
महोत्सब समापन कार्यक्रममा बोल्दै जिल्ला न्यायधीश मोहनकुमार भट्टराईले सानो क्षेत्र भएपनि ठुला शहरमा जस्तै भब्य रुपमा महोत्सब सम्पन्न भएको बताए । उनले जिल्लाको पर्यटन र आर्थिक क्षेत्रको बिकासमा महोत्सब कोशेढुंगा हुने धारणा राखे । ‘पर्यटन क्षेत्रको बिकास र प्रचारप्रसारका लागि यस्ता महोत्सब आयोजना गरिनुपर्छ’ उनले भने । नेपाल उद्योग बाणिज्य संघका पुर्ब केन्द्रिय सदस्य होमनारायण श्रेष्ठले महोत्सबमा उल्लेख्य दर्शक र कारोबार भएकाले आगामी दिनमा यस्ता मेला महोत्सब गर्न अझै उत्साह थपेको धारणा राखे ।
महोत्सब आयोजक समितिका मुलसंयोजक तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेका अनुसार महोत्सबको सबै तयारी पुरा भएको हो ।महोत्सवमा स्टल निर्माण तथा बुकिङ भने शत प्रतिशत भएको छ भने प्रचारप्रसार कलाकार ब्यबस्थापनको काम सकिएको छ । ‘महोत्सबका लागि आवश्यक पर्ने सबै तयारी पुरा भएको छ’ उनले भने ‘उद्घाटनका लागि औपचारिक समय पर्खेर बसेका छौ’ उनले यस बर्षको महोत्सब ऐतिहासिक हुने दाबी पनि गरे ।
महोत्सबमा यस्ता थिए आकर्षण prakash saput 2
पर्वत महोत्सवमा यस बर्ष अघिल्ला महोत्सब भन्दा केही पृथक आकर्षणहरु पनि थपिएका थिए । बिश्वकै सबैभन्दा ठुलो पंक्षी अस्ट्रीज र अष्ट्रेलियाको राष्ट्रिय पंक्षी इमो पनि दर्शकको रोजाईमा परेको थियो भने महोत्सब अवधीभर कालीगण्डकीमा जलयात्रा गर्नेहरुको राम्रै भीड देखिन्थ्यो । माघको चिसो पानीमा रमाईलो जलयात्राले धेरैको मन छोएको थियो। स्थानिय उत्पादनहरु , रत्यौली प्रतियोगिता, बिद्यालयस्तरीय नृत्य प्रतियोगिताले पनि धेरैको मन छोएका थिए । पर्वत जिल्लाका लोपोन्मुख सस्कृति पनि प्रर्दशन गर्ने कार्यक्रम रहेको छ। यसबाहेका कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पराम्परागत प्रविधि, प्रदर्शनी, स्थानिय परिकारहरुको प्रर्दशनीका साथै स्थानिय लघु घरेलु उद्यमबाट उत्पादित सामाग्रीहरु पनि बिक्री तथा प्रर्दशनमा राखिएका थिए ।
स्टेज तताए ख्याती प्राप्त कलाकारले 16409865_988657071267526_1900180563_o
साँस्कृतिक उपसमितिका अनुसार यस बर्ष ख्यातीप्राप्त कलाकारहरुलाई स्टेजमा उतारेर स्टेज निकै तताउने काम भएको छ । टिकट काटेर महोत्सबमा आएका दर्शकलाई भरपुर मनोरञ्जन दिन राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, प्रमोद खरेल, शिव परियार, देवी घर्ती, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, याम क्षेत्री, रोमा न्यौपाने, चोलेन्द्र पौडेल, कृष्ण समीप सुवेदी,सम्झना भण्डारी, कृष्ण अखेली, तृष्णा गुरुङ लगायतले राम्रो संग नै स्टेज तताए । जनगायक बद्री पंगेनी भने झरिका कारण भने गाउँन नपाई फर्के । हरेक दिन राष्ट्रिय र स्थानियस्तरका गरि दर्शक कलाकारले मनोरञ्जन दिलाएका थिए । प्रमोद खरेल, शिब परियार, प्रजापति पराजुली, डिजे लामा लगायतका आकर्षण सबैभन्दा बढी देखिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार