यो सरकार चुनाब नगराउँदै बैषाख पहिलो सातामै ढल्छ -थापा

अब तीन वटै निर्वाचन एकै पटक हुन्छ 
16466626_990659227733977_1432482927_oपर्वत नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाले प्रचण्ड नेतृत्वको सरकार चुनाब नगराउँदै बैषाख पहिलो सातामा ढल्ने बताएका छन ।
१९ औ स्थापना दिवसको अवसरमा प्रेस चौतारी पर्वतले आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा बोल्दै थापाले यो सरकारलाई बैषाख पहिलो सातामै नेपाली कांग्रेसका सभापति शेरबहादुर ढालेरआफुँ प्रधानमन्त्री बन्ने योजनाम रहेको बताएका हुन ।‘चैत्रमा स्थानिय चुनाब गर्छु भनेर सरकार बनेको र चुनाब गर्न नसक्ने भएकाले बैषाख पहिलो सातामै नै देउवालाई प्रचण्डलाई सत्ताबाट घोर्के ठ्याक लगाउँछन’ थापाले भने ‘जेठमा चुनाब गर्न तयारी गर्नु भनेर निर्वाचन आयोगमा चिठी पठाउँदैमा प्रचण्डको कुर्सी बच्दैन’ शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीका लागि अर्जुन दृष्टि लगाएर बसेको बताउँदै सत्ता परिर्वतन भैरहँदा निर्वाचन गर्ने र संबिधान कार्यान्वयनमा जटिलता आउयने बतनाए । उनले अब जेठमा स्थानिय तहको निर्वाचन हुने कुनै संभावना नरहेको बताउँदै सहमतिको सरकार बनाएर मंसिरमा तीन वटै निर्वाचन एकै पटक गर्नुपर्ने बताए । उनले यसरी निर्वाचन गराउँदा राज्यको र पार्टीहरुको समेत खर्च बढ्ने सबै हिसाबले महत्वपुर्ण हुने कुरामा जोड दिए । ‘जेठमा स्थानिय तहको चुनाब हुने संभावना नै छैन’ उनले भने ‘सहमतिको सरकार गठन गरेर कार्तिक वा मंसिरमा चुनाब गर्नु सबैभन्दा उपयुक्त हो’parbat-news-990x557

उनले सबै निर्वाचन एकैपटक नभए संविधान कार्यान्वयन जटिल बन्दै गएको बताएका हुन् । जनप्रतिनिधिहरुको अभावमा देशमा फेरी खिलराजहरु आएभने संविधान कार्यान्वयनमा जटिलता र प्रजातन्त्रमा निरंकुशता हावी हुने दावी गरे ।  उनले जनताको चाहना अनुृसार निर्वाचनबाट आउने परिणामले मात्र संविधान संशोधन गर्न सक्ने भन्दै ९० प्रतिशतले पारित गरेको संविधान शंसोधनको नारा लगाउनु अप्राकृतिक भएको दावी गरे । ‘एमालेले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्धालाइ थाती राखेर सहमतिमा गइ संविधान जारी गरेको हो, त्यो अहिले संशोधनको नाउँमा ल्याउन मिल्दैन’ उनले भने, ‘त्यस्तै बिषय अहिले संशोधनको नाउँमा ल्याइएको छ, त्यो मान्य हुँदैन ।’ उनले आफ्नो दलले कुनैदिन दुइ तिहाई ल्याउन सक्यो भने मात्र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा जाने गरी संशोधन ल्याउने बताए । संशोधनको बिषय थाती राखेर निर्वाचनमा जानुपर्ने उनको जोड थियो ।
कार्यक्रममा एमालेका बैकल्पिक केन्द्रिय सदस्य गोबिन्द नेपालीले अहिलेको सबैभन्दा महतवपुर्ण मुद्दा राष्ट्रियताको सवाल भएकाले पत्रकारहरुले त्यसलाई आत्मसाथ गर्नुपर्ने कुरामा जोड दिए । press-chutari-4
प्रेस चौतारी पर्वतका अधयक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनी, प्रेस चौतारीका प्रदेश संयोजक गणेश पाण्डे, नेपाली कांग्रेसका सचिब बिश्वप्रकास प्रसाई, , एमालेका पुर्ब उपाध्यक्ष राजु पौडेल, नेकपा माओबादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक सदस्य शंकर गिरी, नयाँशक्ति नेपाल पार्टीका अध्यक्ष महेन्द्रजंग लामिछाने, प्रेस युनियन पर्वतका अध्यक्ष छबिलाल तिवारी, प्रेस सेन्टरका प्रतिनिधी मुरारी संगम, क्रान्तिकारी पत्रकार संगठनका बैगुण्ड गिरी र प्रेस सोसाइटीका अध्यक्ष राजबाबु पिसीले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष गणेश गिरी र संञ्चालन उपसचिब नवराज गिरीले गरेका थिए । सोही अवसरमा गणेश गिरीको टिमले सञ्चालन गर्न लागेको पर्वत न्युज अनलाईन प्रतिकाको पनि बिमोचन गरिएको थियो ।र

harinarayan
यसैगरी बागलुङ्गमा पनि स्थापना दिवस पुरस्कार बितरण तथा शुभकामना आदप्रदान कार्यक्रम गर्दैै मनाइएको छ उक्र कार्यक्रममा कार्यक्रममा चौतारी प्रदेश नम्बर ४ का संयोजक गणेश पाण्डे, एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, प्रेस चौतारीका निर्वतमान बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका सचिव दिल शिरिष, प्रेस सेन्टरका अध्यक्ष राम थापा अविरल, प्रगतीशिल पत्रकार संघका बिजय राना लगायतले बोलेका थिए । चौतारीका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षता, सचिव सिर्जना पन्तको संचालन र उपाध्यक्ष नविन शिसिरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७३ पत्रकार गौतमलाई
बागलुङर पत्रकार हरिनारायण गौतम प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवशको अवसरमा आयोजित कार्यक्रममा एमाले प्रचार विभागका उप प्रमुख सूर्य थापाले पुरस्कार प्रदान गरेका थिए । प्रेस चौतारीले स्थापना गरेको अक्षयकोष मार्फत १० हजार १ सय ११ रुपैयाँ नगद सहित गौतमलाइ पुरस्कृत गरिएको हो ।
दुइ दशक देखि मोफसलमा रहेर निरन्तर पत्रकारिता गरेको कारण उनलाइ यो पुरस्कार दिइएको चौतारीका अध्यक्ष उमाकान्त शर्माले बताए ।
जिल्ला भित्रै रहेर र राजधानीका विभिन्न संचार माध्यममा रिर्पोटिङ गरेका गौतमकै सम्पादनमा बागलुङबाट ढोरपाटन दैनिक प्रकाशन भैरहेको छ । पहिलो चरणमा मिसन पत्रकारिता हुँदै व्यवसायिक पत्रकारिता भित्राउन गौतमले योगदान गरेको पुरस्कार वितरण समारोहका सहभागिले बताए । सशष्त्र द्वन्द्वकालमा बेनी आक्रमण देखि विभिन्न घटनाको रिर्पोटिङ गरेको कारण उनले सेना र माओवादी तर्फबाट विभिन्न समस्या समेत भोगेका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल संयोजक समेत रहेका गौतमले चौतारीले स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कार पनि यस अघि पाइसकेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग