द्वन्द्वमा ध्वस्त कार्किनेटा प्रहरी चौकी पूनःनिर्माण

karkineta police chauki

पर्वत /शसस्त्र द्वन्द्वको समयमा तत्कालिन नेकपा माओबादीले दुई पटक सम्म ध्वस्त बनाएको पर्वतको कार्किनेटामा प्रहरी चौकी पुनःनिर्माण गरिएको छ ।
शसस्त्र द्वन्द्वको समयमा २०५७ सालमा दुई पटक सम्म स्थानियले बनाइदिएको चौकी माओबादीले ध्वस्त बनाएपछि १७ बर्ष पछि पुननिर्माण गरिएको हो ।
शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको सहयोगमा निर्मित भवनको शुक्रवार पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कमलसिंह बमले उद्घाटन गरेका छन् । स्थानियले २०५७मा हटियामा बनाएको चौकी माओबादीले ध्वस्त बनाएपछि फेरी स्थानियले सोही बर्ष बनाइदिएका थिए ।
कार्कीनेटा, थापाठाना र शंकरपोखरी गाविसका नागरिकलाई सेवा दिँदै आएको प्रहरी चौकीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएको छ । करिब ८४ लाख रुपैयाको लागतमा निर्मित भवन भित्र कार्यालयप्रमुखको निवास, हिरासत, महिला तथा पुरुष व्यारेक, किचन, डाईनिङ्ग, प्रशासन, सञ्चार कक्ष लगायतका कोठाहरुको व्यवस्थापन गरिएको छ । दुई तले पक्की भवन झण्डै ४ वर्षमा निर्माण सम्पन्न भएको हो । karkineta
भवन उद्घाटन गर्दै प्रहरी नायब महानिरिक्षक बमले सुरक्षा निकायलाई दैनिक कार्य सम्पादनमा भौतिक पूर्वाधार समेत सुविधा सम्पन्न हुनुपर्ने बताउनुभयो । उहाँले आम नागरिकको सुरक्षाका लागि सक्रिय भएर लाग्न सुरक्षा कर्मिहरुलाई पनि निर्देशन दिनुभएको छ । ग्रामीण क्षेत्रमा पनि विभिन्न खालका अपराधिक मनोबृति भएका समुदाय छन् तिनिहरुकै कारण पछिल्ला समय समाजमा विखण्डन पैदा भइरहेको छ , त्यस्तालाई पहिचान गरी कारवाहि गर्नुहोस् उहाँले भन्नुभयो । शान्ति सुरक्षा कायम गर्ने विषयमा जिरो टोलरेन्समा काम गर्न सुरक्षा प्रहरीलाई निर्देशन दिनुभएको छ ।
मुलुकमा राजनीतिक परिवर्तन भईरहने बताउँदै आम नागरिकको सुरक्षाप्रति गम्भीर हुन पनि उहाँले आग्रह गर्नुभएको छ । उहाँले प्रहरीपनि समाजकै अङ्ग भएकाले स्थानियवासीहरु पनि हातेमालो गरेर अघि बढ्न आग्रह गर्नुभएको छ । kamal bam
सो अवसरमा स्थानिय वासिहरुले उक्त प्रहरी चौकीलाई स्तरबृद्धि गरि इलाका स्तरिय प्रहरी कार्यालय बनाउन माग गरेका छन् । कार्यक्रममा पर्वतका प्रहरी नायब उपरिक्षक शेखर खनालले ग्रामीण क्षेत्रका नागरिकलाइ सुरक्षा दिनका लागि स्थापित प्रहरी चौकी सम्पन्न गर्नका लागि सहयोग गर्ने सवै निकायलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रहरी निरिक्षक अनिल रानाले भवन निर्माण सम्वन्धि प्रतिवेदन प्रस्तु गर्नुभएको थियो । भने धन्यवाद मन्तव्य अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले दिनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले पर्वतका सचिब पदमपाणी शर्मा, निर्माण समितिका विष्णुप्राद पाध्या लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए